close

आईपीओ भर्न मेरो शेयर खुलेन ? यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

चैत २०, २०७७ १५:१४

आईपीओ भर्न मेरो शेयर खुलेन ? यसरी दिनुहोस् आवेदन

काठमाडौं । आज शुक्रबारदेखि रुरु जलविद्यत् परियोजनाको आईपीओ खुलेको छ । आईपीओ खुलेसँगै मेरो शेयरको साइटमा चाप बढेको छ । जसले गर्दा लगानीकर्ताले मेरो शेयर खोलेर सहज रुपमा आईपीओ भर्न सकिरहेका छैनन् ।

यसैबीच मेरो शेयर पाेर्टलमा एक सूचना जारी गर्दै सीडीएसएसीले लगईनमा समस्या भए ब्राउजरमा ‘इन्कग्निटो’ मोडम अथवा प्राइभेट विन्डोबाट लगईन गर्न सकिने जनाएको छ ।

हाल मर्मतको काम चलिरहेकाले ‘इन्काेग्निटो’ मोडमा अथवा प्राइभेट विन्डोमार्फत मेरो शेयर खोल्दा सुरक्षित हुनुका साथै सहज ढंगले आईपीओ भर्न सकिने साे सूचनामा उल्लेख छ ।

कसरी खोल्ने इन्काेग्निटो मोड ?

इन्काेग्निटो मोड खोल्नका लागि सुरुमा गुगल क्रोम अथवा मोजिल्ला फायरफक्स ब्राउजर खोल्नुहोस् । ब्राउजर खोलेसँगै त्यसको दायाँपट्टि माथि तपाईंले थ्रि डट (३ वटा डट) अप्सन देख्नुहुनेछ । त्यहाँ क्लिक गर्नुहोस् ।

त्यति गरेसँगै त्यहाँ विभिन्न अप्सन उपलब्ध हुनछन् । जसमध्ये ‘न्यू इन्कोग्निटो विन्डो’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।

त्यसमा क्लिक गरेसँगै नयाँ विन्डो खुल्नेछ । सबै ब्राउजरमा इन्काेग्निटो मोड नहुन सक्छ । त्यस्तोमा त्यहाँ ‘प्राइभेट मोड’ भन्ने अप्सन उपलब्ध भएको हुनसक्छ ।

त्यसरी प्राइभेट मोड अथवा इन्कोग्निटा मोड खोलेसँगै तपाईंले त्यहाँ मेरो शेयरको वेबसाइट खोली आफ्नो जानकारी भरेर लगईन गर्न सक्नुहुनेछ ।

अथवा सहजताको लागि जब तपाईंले कुनै ब्राउजर खोल्नुहुनेछ । त्योसँगै कीबोर्डमा ‘कन्ट्रोल’ प्लस ‘सिफ्ट’ प्लस ‘एन’ (Ctrl+Shift+N) टाइप गरी सोझै इन्कोग्निटो विन्डो खोल्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३