close

माछापुच्छ्रे बैंकको कन्ट्याक्टलेस भिजा कार्ड, अब पिन बिनै भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

चैत २०, २०७७ १७:२०

माछापुच्छ्रे बैंकको कन्ट्याक्टलेस भिजा कार्ड, अब पिन बिनै भुक्तानी गर्न सकिने

काठमाडौं। माछापुच्छ्रे बैंकले भिजा कार्डमार्फत हुने कारोबारलाई सहज बनाउन कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ। याे सेवाअनुसार पीओएसमा कारोबार गर्दा आफ्नो कार्डको पिन नम्बर राख्नुपर्दैन ।

कार्डको ‘ट्याप एण्ड पे’ सुविधाका कारण पिओएसमा ट्याप गरी सजिलै कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

कन्ट्याक्ट लेस कार्डअन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दुई हजारसम्मको भुक्तानी गर्दा पिन आवश्यक नपर्ने बैंकले जनाएको छ ।

याे सेवाका लागि आफ्ना अधिकांश पिओएसस मसिनलाई ‘ट्याप एण्ड पे’ सुविधायुक्त बनाएर स्तरोन्नति गरिसकेको बैंकले उल्लेख गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३