close

आहा रारा गोल्डकपमा गेम हेर्दै फुडमाण्डुबाट खाना अर्डर गर्न सकिने

टेकपाना टेकपाना

चैत २०, २०७७ १७:५९

आहा रारा गोल्डकपमा गेम हेर्दै फुडमाण्डुबाट खाना अर्डर गर्न सकिने

पाेखरा । नेपालको प्रमुख फुड डेलिभरी कम्पनी फुडमाण्डुले आहा रारा गोल्डकपमा रंगशालामै खाना पुर्‍याउने भएको छ । आहा रारा गोल्डकपको आधिकारिक फुड डेलिभरी पार्टनरसमेत रहेकाे कम्पनीले रंगशालामा बसेर दर्शकले गरेको अर्डरको डेलिभरी गर्ने भएको हो ।

पोखरामा वार्षिकरुपमा आयोजना हुने आहा रारा गोल्डकप भोलि शनिबारदेखि सुरु हुँदै छ । खेल हेर्न रंगशालामा पुगेका दर्शकले फुडमाण्डुमार्फत खाना अर्डर गरी रंगशालाभित्रै बसेर खान पाउनेछन् ।

‘हामीले नेपालमै पहिलो पटक खानेकुराहरु रेष्टुरेन्टबाट सिधै स्टेडियममा उपलब्ध गराउँदै छौं । यसले फुटबल गेम हेर्न जाने दर्शकलाई समेत सजिलो हुनेछ भने गेम र खानेकुराको संयोजनले थप मनोरञ्जन समेत प्रदान गर्नेछ,’ फुडमाण्डुका ब्राण्ड सेल्स एण्ड मार्केटिङ्ग प्रमुख श्यामरत्न मालीले भने, ‘यसका लागि कम्पनीले गेम हेर्न जाने दर्शकहरुको रुचिअनुसारको फुड आइटमहरु फुडमाण्डुमा उपलब्ध गराइने छ ।’

कम्पनीले आहा रारा गोल्डकप प्रतियोगिताका लागि स्टेडियमको अग्रस्थानमा आहा फुड पिकअप स्टेशन स्टल राख्नेछ । सोही स्टलबाट ग्राहकहरुले अर्डर लिन वा फुडमाण्डुको बारेमा जानकारी लिन सक्नेछन् ।

यही अवसर पारेर फुडमाण्डुले आफ्नो एप पहिलो पटक डाउनलोड गरेर चलाउने ग्राहकलाई अर्डरमा अधिकतम ५०० सम्म वा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३