close

गुगल म्यापमा २ वर्षपछि फेरि ‘कम्पास’ फिचर

टेकपाना टेकपाना

चैत २०, २०७७ १९:१८

गुगल म्यापमा २ वर्षपछि फेरि ‘कम्पास’ फिचर

काठमाडौं । गुगलले समय समयमा नयाँ फिचरहरु ल्याउने गरेकाे छ । यसमध्ये कतिपय सधैंका लागि सामावेश हुन्छन्, त कुनै केही समयपछि हटाइन्छ । यसरी केही समयमै हटाउनुको कारण उक्त फिचर त्यति लोकप्रिय नभएको अथवा प्रयोगकताले नरुचाएका कारण नै हुन् ।

साथै समयअनुसार आवश्यकता पनि परिवर्तन हुने हुँदा केही समयपछि केही फिचर हटाउनुपर्ने पनि हुन्छ । तर, गुगलको हकमा भने उल्टो भएको छ । गुगलले सन् २०१९ मा गुगल म्याप्समा ‘कम्पास’ फिचर हटाएको थियो ।

प्रयोगकर्ताले उक्त फिचर रुचाउँदा रुचाउँदै पनि कम्पनीले गुगल म्याप्सबाट त्यसलाई हटाएपछि धेरै प्रयोगकर्ताले यसमा गुनासो व्यक्त गरेका थिए । कारण थियो, उक्त कम्पासले प्रयोगकर्तालाई गुगल म्याप्स प्रयोग गर्दा कता जाने भन्ने विषयमा दिशा देखाउने गर्थ्यो ।

यसको अर्थ गुगल म्याप्स प्रयोग गर्दा गुगलले तपाईंलाई लोकेशन दाँया अथवा बाँया जानका लागि भन्छ । तर, कहिले काहिँ दायाँ-बायाँ छुट्याउन समस्या हुँदा जानुपर्ने एकातिर, अर्काेतिर पुगिन्छ ।त्यस्तोमा कम्पासले जानुपर्ने साइट इन्डिकेट गर्ने हुँदा प्रयोगकर्तालाई सहजता हुने गरेको थियो ।

तर, गुगलले उक्त फिचर सन् २०१९ बाट गुगल म्याप्समार्फत हटाएको थियो । तर, अब भने कम्पनीले उक्त फिचर एन्ड्रोइड प्रयोगकर्तालाई विश्वव्यापी रुपमा पुनः उपलब्ध गराएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३