close

यसरी बन्द गर्नुहोस् साओमीका फोनमा आउने विज्ञापन

टेकपाना टेकपाना

चैत २०, २०७७ २१:२८

यसरी बन्द गर्नुहोस् साओमीका फोनमा आउने विज्ञापन

काठमाडौं । साओमीले आफूलाई नेपालमा सबैभन्दा बढी बिक्री हुने फोनको रुपमा दाबी गर्दै आएको छ । सस्तो मूल्यमा उत्कृष्ट स्मार्टफोनको अनुभव दिने मामिलामा साओमी अगाडि छ ।

कम्पनीका धेरैजसो स्मार्टफोन एन्ड्रोइडमा आधारित कस्टम स्किन मियूआईमा चल्ने गर्दछन् । एन्ड्रोइड इलाभेनमा आधारित मियूआई १२ थप राम्रा फिचर थप गरेको छ ।

तर यसमा यसमा विज्ञापन समेत राखिएको छ । जुन धेरै प्रयोगकर्तालाई दिक्क लाग्दो र मन नपर्ने हुनसक्छ । तर केही सस्ताेमा फाेन दिएर विज्ञापनबाट पैसा कमाउने रणनीति याे कम्पनीकाे हाे भनेर धेरैले बुझ्दैनन् ।

मियूआई ट्वेल्भ सार्वजनिक हुँदाको बखत साओमीले सिस्टम वाइड विज्ञापन बन्द गर्नका लागि विकल्प दिइएको समेत उल्लेख गरेको थियो । तर ग्लोबल बिल्डमा यो फिचर गायब थियो ।

यदि तपाईंको स्मार्टफोन मि यूआई ट्वेल्भमा काम गर्छ भने तपाईंले आफ्नो स्मार्टफोनमा आउने विज्ञापन रोक्न सक्नुहुन्छ । आज हामी तपाईंलाई त्यसको तरिकाबारे बताउँदै छौं ।

यो तरिका केवल मियूआईका लागि मात्र हो । हामीले यसका लागि रेड्मी नोट नाइन प्रो प्रयोग गरेका छौं । तर तपाईंको साओमी फोनमा यसका लागि सेटिङ केही फरक हुनसक्छ ।

सबैभन्दा पहिला एमएसए प्रोसेस बन्द गर्नुहोस्

विज्ञापन बन्द गर्नका लागि तपाईंले सबैभन्दा पहिला केही प्रोसेस बन्द गर्नुपर्ने हुन्छ । यसमा सबैभन्दा पहिला एमएसए प्रोसेस बन्द गर्नुहोस् ।

जसले तपाईंको स्टक एपहरुमा विज्ञापन देखाउने काम गर्दछ । त्यसका लागि सबैभन्दा पहिला आफ्नो मोबाइलको सेटिङमा जानुहोस् ।

त्यहाँबाट पासवर्ड्स एण्ड सेक्युरिटी हुँदै अथोराइजेसन एण्ड रिभोकेसनभित्र प्रवेश गर्नुहोस् र त्यसमा रहेको एमएसएको टोगल बन्द गर्नुहोस् ।

एड रेकमन्डेसन बन्द गर्नुहोस्

पर्सनल एड रेकमन्डेसन्स बन्द गर्दा साओमीले तपाईंको प्रयोगको आदत र डेटा ट्यापिङ नगर्ने कुराको सुनिश्चित हुन्छ । यसको अर्थ यसका लागि आफ्नो मोबाइलको सेटिङबाट पासवर्ड्स एन्ड सेक्युरिटी हुँदै प्राइभेसीमा जानुहोस् ।

त्यसमा केही तल जानुहोस् र एड सर्भिसमा दबाउनुहोस् र पर्सनलाइज्ड एड रेकमन्डेसनलाई अफ गर्नुहोस् । साओमीले यसबाट तपाईंको डेटा लिएर तपाईंको प्रयोगको हिसाबमा विज्ञापन देखाउने काम गरिरहेको हुन्छ ।

डाउनलोड एपमार्फत विज्ञापन बन्द गर्नुहोस्ः यसका लागि सुरुमा डाउनलोड्स एपमा जानुहोस् । माथि दायाँतर्फ रहेको तीन वटा थोप्ला भएको मेनुमा दबाउनुहोस् र सेटिङमा जानुहोस् ।

अब त्यसको सुरुमा रहेको शो रेकमन्डेड कन्टेन्ट अघि रहेको टोगल बटन अफ बन्द गर्नुहोस् र ओकेमा थिच्नुहोस् ।

फाइल म्यानेजर एपमार्फत विज्ञापन बन्द गर्नुहोस्

यसका लागि सुरुमा फाइल म्यानेजर एप खोल्नुहोस् । अब माथि बाँयाँतर्फ रहेको थिन ओटा धर्सा भएको बटनमा थिच्नुहोस् । त्यहाँ तल रहेको सेटिङ हुँदै अबाउटमा जानुहोस् र रेकमन्डेसन्सलाई बन्द गर्नुहोस् ।

म्युजिक एपमार्फत विज्ञापन बन्द गर्नुहोस्

यसका लागि सुरुमा म्युजिक एप खोल्नुहोस् । अब माथि बायाँतर्फ रहेको सेटिङ बटन हुँदै सेटिङ्समा जानुहोस् र एड्भान्स सेटिङमा प्रवेश गर्नुहोस् अनि तल रहेको शो एड्स बटन बन्द गर्नुहोस् ।

थिम्स एपबाट विज्ञापन बन्द गर्नुहोस्

यसका लागि सुरुमा थिम्स एप खोल्नुहोस् । अब त्यसमा रहेको माइ पेज खोल्नुहोस् र सेटिङमा जानुहोस् अनि रेकमन्डेसन बटन बन्द गर्नुहोस् ।

मि ब्राउजरबाट विज्ञापन बन्द गर्नुहोस् । यसका लागि सुरुमा मि ब्राउजर एप खोल्नुहोस् ।

अब तल दायाँ कुनामा रहेको प्रोफाइल आइनमा जानुहोस् र माथि सिरानी दायाँतर्फ रहेको सेटिङ बटन दबाउनुहोस् ।

तल रहेको एड्भान्स सेटिङमा जानुहोस् र त्यसमा रहेको शो एड्स बटन अफ गर्नुहोस् । यदि तपाईं गुगल तथा युट्युव एड समेत बन्द गर्न चाहनुहुन्छ भने माथि रहेको एड ब्लकरलाई अन गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३