close

यसकारण उपयोगी छ गुगल प्लस कोड, सेवा लिने कसरी ?

टेकपाना टेकपाना

चैत २१, २०७७ ८:२९

यसकारण उपयोगी छ गुगल प्लस कोड, सेवा लिने कसरी ?

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको हुलाक सेवा विभागले गुगल प्लस कोड प्रयोगमा ल्याएको छ । अव्यवस्थित सहरीकरणले ठूला–ठूला बस्तीका घर र कार्यालयमा चिठीपत्र पुर्‍याउने काम असहज बन्दै गएपछि हुलाकले नयाँ प्रविधिको रुपमा यसलाई अघि बढाएको हो ।

योसँगै गुगल पल्स कोडलाई आधार मानेर प्रापकको घर वा कार्यालयसम्म चिठीपत्र पुर्‍याइने छ । हुलाक सेवा प्रदान गर्ने कार्यालयले गुगल प्लस कोड पद्दतिअनुरुप विद्युतीय माध्यमबाट प्रापकको यकिन ठेगान पहिचान गरी हुलाक सेवा उपलब्ध गराउने छ ।

यसको अर्थ अब सामान पठाउने व्यक्तिले उपलब्ध गराएको गुगल प्लस कोडका आधारमा उक्त कोडलाई पछ्याएर सामान तोकिएको स्थानमा पुर्‍याइने छ । यसरी हुलाकले गुगल प्लस कोडलाई आधार मानेर चिठीपत्र आदानप्रदान गर्ने भएसँगै अब तपाईंको आफ्नो गुगल प्लस कोड अर्थात तपाईंको डिजिटल ठेगानाको बनाई राख्नुपर्ने हुन्छ ।

यो सेवामा जोडिन सार्वजनिक कार्यालयले आफ्नो प्लस कोड जेनेरेट गरी कार्यालयको नाम अंकित बोर्डमा स्पष्ट बुझिने गरी देखिने ठाउँमा राख्नुपर्ने भनिएको छ ।

यसरी पत्ता लगाउनुहोस् आफ्नो गुगल कोड

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३