close

गुगलको कीबोर्डमा अब रमाइला ईमोजी बनाउन सकिने

टेकपाना टेकपाना

चैत २१, २०७७ १५:३३

गुगलको कीबोर्डमा अब रमाइला ईमोजी बनाउन सकिने

काठमाडाैं । ३.१ स्ट्याण्डर्डलाई सपोर्ट गर्ने गरी गुगलकाे कीबाेर्ड (जीबोर्ड) को ईमोजी किचनका फिचरहरु विस्तार भएका छन् । जीबोर्डको ईमोजी किचन नियमित इमोजीहरुमाथिको एउटा फन ट्वीस्ट हो, जसले केही क्रेजी इमोजीहरु बनाउन सहयोग गर्दछ । 

जीबोर्डले सयौं क्रेजी (concoctions) हरुलाई युनिकोड १३.१ को हिस्साको रुपमा सपोर्ट गर्ने तयार रहेको इमोजी किचनका सेफ जेनिफर डेनियलले पुष्टि गरेका छन् ।

जीबोर्ड किचनको अपडेटेड स्ट्याण्डर्ड गत सेप्टेम्बरमा अप्रुभ भएको हो । त्यसयता यो धेरैवटा डिभाइसहरुमा रोलआउट भइसकेको छ । 

यसको अपडेटेड भर्सनमा फेस एक्सहेलिङ, बादलमा अनुहार, आगोमा मुटु जस्ता दुई सयभन्दा धेरै अप्सनहरु छन् । ईमोजी किचन प्रयोगकर्ताहरुले युनिकोड १३.१ सँगै तीनवटा क्लासिक इमोजी स्कोरपियन, स्नेल र फ्लावर्सको सपोर्ट पाउन सक्ने छन् ।

स्नेलले केही रमाइला र व्यङ्गात्मक कम्बोहरु बनाउँछन् भने स्कोरपियनमा आगोमा मुटुजस्ता इमोजीहरु बन्छन् ।

यो अपडेट अहिले जीबोर्डका बेटा प्रयोगकर्ताहरुका लागि उपलब्ध छ । तर निकट भविष्यमा यो सबै प्रयोगकर्ताहरुका लागि खुल्ला हुनेछ । गुगल प्ले स्टोरबाट तपाईं पनि यसको बेटा प्रोग्राममा साइनअप गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३