close

डिजिटल प्रविधिमा स्तरोन्नति हुँदै मनकामना केबलकार

टेकपाना टेकपाना

चैत २१, २०७७ १९:१५

डिजिटल प्रविधिमा स्तरोन्नति हुँदै मनकामना केबलकार

गाेरखा । मनकामना केबलकार अब प्रविधिमैत्री बन्ने भएकाेछ । वि.सं. २०५५ सालदेखि केबलकार सेवा प्रदान गर्दै आएको कम्पनीले नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै केबलकारको स्तरोन्नति गर्न लागेको जनाएको छ ।

कम्पनीका अनुसार पूर्णरुपमा स्तरोन्नति गर्न करिब दुई वर्ष लाग्नेछ । केबलकार भने मर्मतको समयमा बाहेक अन्य समयमा सञ्चालनमा आउने कम्पनीका कार्यकारी सञ्चालक राजेशबाबु श्रेष्ठले बताए ।

केबलकारको मुख्य लट्ठा दुई वर्षपछि फेरे हुने प्राविधिक अडिट रिपोर्ट आएकाले लट्ठा फेर्ने काम अन्तिम चरणमा गरिने उनले बताए ।

तीन चरणमा केबलकारको स्तरोन्नति सम्पन्न गरिने उनले जानकारी दिए । पहिलो चरणमा तत्काल अति आवश्यक र मर्मत गर्न नसकिने पाटपुर्जा फेर्ने, दोस्रो चरणमा नयाँ प्रविधमैत्री बनाउन पूर्वाधार तयार तथा केही अन्य थप पाटपुर्जा फेर्ने याेजना छ ।

त्यस्तै अन्तिम चरणमा हालको एनालग प्रणालीबाट डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने, केबलको लट्ठा फेरबदल गर्ने, डीसी ड्राइभलाई एसी ड्राइभमा रुपान्तरण गरी विद्यमान प्रविधियुक्त बनाइने श्रेष्ठले जनाएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३