close

डिसलाइक अभियान चलाउने प्रवृत्ति बढेपछि गणना लुकाउँदै युट्युव

टेकपाना टेकपाना

चैत २२, २०७७ ८:२

डिसलाइक अभियान चलाउने प्रवृत्ति बढेपछि गणना लुकाउँदै युट्युव

काठमाडौं । लोकप्रिय भिडियो प्लेटफर्म युट्युले आफ्नो एउटा फिचरलाई हटाउने निर्णय गरेको छ । यसले प्रयोगकर्तालाई केही हदसम्म निराश तुल्याउने छ ।

तर भिडियो अपलोड गर्नेहरुलाई भने यो खुशीको खबर हो । केही दिनमा नै युट्युवबाट डिसलाइक बटन गायब छ । युट्युवले ट्वीटरमार्फत यसको जानकारी दिएको हो ।

मिडिया रिपोर्टका अनुसार स्क्रिनमा डिसलाइक अप्सन त रहनेछ, तर प्रयोगकर्तालाई भने कतिले डिसलाइक गरे भन्ने कुरा चाहिँ थाहा हुने छैन । भ्युज र लाइकमा भने कुनै परिवर्तन हुनेछैन ।

तपाईंले अहिले जस्तै त्यसको गणना देख्न सक्नुहुनेछ । यसबाट जानी बुझी नकारात्मक कमेन्ट गर्ने प्रवृत्तिमाथि रोक लाग्ने विश्वास गरिएको छ ।

युट्युवका अनुसार कन्टेन्ट क्रियटरलाई सही प्रतिक्रिया दिनका लागि लाइक र डिसलाइकको विकल्प दिइएको हो । तर केही व्यक्ति तथा समूहले भने बेला बेलामा डिसलाइक अभियान नै चलाउने गरेका छन् ।

यसबाट कन्टेन्ट क्रियटर्स तथा कम्पनीहरुको छवी नराम्रो बनाउने गरिन्छ । प्रयोगकर्ताहरुले यो विकल्पको प्रयोग कन्टेन्टको गुणस्तरका लागि नभएर कन्टेन्ट उपलब्ध गराउनेको विरोध वा निशाना बनाउन प्रयोग गरिरहेका छन् ।

कम्पनीका अनुसार डिसलाइकको आँकडा लुकाउँदा क्रियटर्सलाई निकै फाइदा पुग्नेछ । त्यसो त यो डिसलाइक काउन्ट हटाउने कुरा केवल प्रयोगकर्ताका लागि मात्र हो । किन भने कम्पनीले सबै डेटा संकलन गरेर फेरी पनि क्रियटरलाई आन्तरिक डेटा उपलब्ध गराउनेछ ।

यानि कि कन्टेन्ट क्रियटरले रियलटाइम यसको फिडब्याक पाउनेछन् । यसबाट केवल बिनाकारण विरोध गर्नेहरुलाई निरुत्साहित गर्न मात्र खोजिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३