close

साथीमार्टको फ्रेन्चाइज पार्टनर बन्दा अब रोयल्टी तिर्नु नपर्ने

टेकपाना टेकपाना

चैत २२, २०७७ १५:४२

साथीमार्टको फ्रेन्चाइज पार्टनर बन्दा अब रोयल्टी तिर्नु नपर्ने

काठमाडौं । नेपालमै पहिलो पटक ‘ओ टु ओ’ कर्मश (अनलाइन टु अफलाइन) साथीमार्टले अबदेखि रोयल्टी नलिने भएको छ । नेपालभर शाखा सञ्जाल भएको साथीमार्टले यसअघि बजार विस्तार गर्न लिँदै आएको २ प्रतिशत रोयल्टी नलिने घोषणा गरेको हो ।

कुनै पनि वस्तुको बिक्री तथा व्यापार वृद्धि गर्नमा केन्द्रीत हुनुका लागि यसअघि लिइँदै आएको २ प्रतिशत रोयल्टी नलिने कम्पनीका सीईओ सागर पोखरेलले जानकारी दिए ।

मार्टले सीमित अवधिका लागि फ्रेन्चाइज शुल्कसमेत नलिने पोखरेलले बताए । योसँगै अझ रफ्तारमा बजार विस्तार गर्न तथा स्टोरलाई सामान उपलब्ध गराउन ग्राहकलाई ३० प्रतिशतसम्म छुट दिन सहज हुने कम्पनीले जनाएको छ ।

साथीमार्टको हाल ७० वटा आउटलेटहरु सञ्चालनमा रहेका छन् भने करिब चार सय जनाले प्रत्यक्ष र ६ सयभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

कम्पनीले साथी प्रडक्सनमार्फत अचार, ड्राइफुड, चिया, कफी, दाल चामल, घ्यु, गुन्द्रुकजस्ता नेपाली अर्गानिक वस्तुहरु तथा कस्मेटिक सामान, साबुन र सरफलगायत २ सयभन्दा बढी उत्पादन गरी आफ्नै आउटलेटबाट र आउटलेटलाई नै वितरक बनाई होलसेलमा बिक्री गर्ने योजनासमेत कम्पनीले ल्याएकाे छ ।

छिट्टै अनलाइन शपिङमार्फत मार्टले स्टोरबाट दिनभरी नै होम डेलिभरी सुविधा दिने र ब्राण्डिङ, विज्ञापन तथा उपहार योजना व्यापक गर्नेसमेत तयारी गरेकाे छ ।

युनिलिभर, डाबर, पीएनजी, जिलेट, ओले, हुइस्पर, ब्रीटानिया, केलोक्स, हरलिक्स, सेन्सोडाइन तथा अन्य ३० भन्दा बढी वस्तुहरुको आधिकारिक वितरकसमेत साथीमार्ट बनेको छ ।

यस्तै, मार्टले केही सीमित अवधिका लागि आक्रमक रुपमा बजार विस्तारको लागि पुराना मार्टसँग मर्जर तथा नयाँ शाखा खोली काठमाडाैंमा २०० को संख्या पुर्याउने लक्ष्यसमेत राखेको छ ।

सबै म्यानुअल तथा उच्च प्रविधिबाट सञ्चालन हुने तथा दशौं वर्ष रिटेलमा अनुभवी व्यक्तिहरू सपोर्ट हुनाले अर्काले खोलेभन्दा आधा लगानीमा ब्रान्डेड मार्ट पाइने पाेखरेलले बताए ।

फ्रेन्चाइज पार्टनर बन्नको लागि उपभोक्ताले साथीमार्टको अफिसियल वेबसाइट (saathimart.com) वा ९८८०१२३१२३ मा फाेन गरेर आवेदन दिनसक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१