close

ह्वावेको पहिलो डेस्कटप मनिटर सार्वजनिक

टेकपाना टेकपाना

चैत २२, २०७७ १६:१६

ह्वावेको पहिलो डेस्कटप मनिटर सार्वजनिक

काठमाडौैं । ह्वावेको पहिलो डिस्प्ले (डेस्कटप मनिटर) सार्वजनिक भएको छ । हालै बेलायती बजारमा सार्वजनिक भएकाे यो डिस्प्ले २३.८ इन्च आईपीएस स्क्रिन (१९२० बाई १०८० पिक्सेल रेजाेलुसन) काे रहेको छ ।

कम्पनीका अनुसार यो डिस्प्लेले ७२ प्रतिशत एनटीएससी कलर ग्यामट सपोर्ट गर्छ । त्यस्तै यसमा १७८ डिग्री भ्युइङ एङ्गल र भर्टिकल रोटेसन रहेको छ । एचडीएमआई इन्टरफेस र भीजीएस इन्टरफेससँगै कम्पनीले याे उपकरण सार्वजनिक गरेकाे छ ।

४.०५ केजी तौल रहेको यो मनिटर ब्ल्याक कलरमा उपलब्ध छ । बेलायतमा यो उपकरणको मूल्य १४९ पाउन्ड रहेको छ, जुन अप्रिल १४ देखि बिक्रीका लागि राखिनेछ । अप्रिल १३ सम्म प्रि-अर्डर गर्ने ग्राहकका लागि ३० पाउन्ड छुट प्रदान गरिएकाे छ ।

चिनियाँ बजारमा पनि यही मूल्यमा मनिटर बिक्री हुने जनाइएकाे छ । तर यो उपकरण चीनबाहिर पनि सार्वजनिक हुनेबारे कम्पनीले केही खुलाएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१