close

एलन मस्कको स्याटेलाइट इन्टरनेटकाे प्रतिस्पर्धामा आयो वानवेब

टेकपाना टेकपाना

चैत २२, २०७७ १७:८

एलन मस्कको स्याटेलाइट इन्टरनेटकाे प्रतिस्पर्धामा आयो वानवेब

काठमाडौं । स्पेस इन्टरनेट सेवाप्रदायक कम्पनी वानवेबले हालसालै मात्र अर्बिटमा एकैपटक ३६ स्याटेलाइट प्रक्षेपण गरेको छ । स्याटेलाइटमा आधारित इन्टरनेट उपलब्ध गराउने उद्देश्यका साथ कम्पनीले उक्त स्याटालाइट प्रक्षेपण गरेको हो ।

यसरी वानवेबले एकै पटक ३६ वटा स्याटेलाइट प्रक्षेपण गरेसँगै वानवेबलाई एलन मस्कको कम्पनी स्टारलिंकका लागि चुनौतीका रुपमा हेरिएको छ । वानवेब ब्रिटिश सरकारको स्वामित्वमा रहेको स्याटेलाइट इन्टरनेट सेवाप्रदायक कम्पनी हो ।

उक्त कम्पनीलाई गएको नोभेम्बरमा मात्रै ब्रिटिश सरकारले कंगाल हुनबाट बचाएर आफ्नो माताहतमा लिएको थियो । उक्त कम्पनीले अब विश्वव्यापी रुपमै अर्बिटमा राखिएको स्याटेलाइटमार्फत इन्टरनेट दिने तयारी थालेको छ ।

यही योजना स्पेस एक्सको पनि रहेको छ । मात्र फरक यत्ति हो, मस्कको कम्पनी वानवेबको तुलनामा अघि रहेको छ । स्टारलिंकको हाल अर्बिटमा ५ सय ५० किलोमिटरभित्र १३ सय स्याटेलाइट रहेका छन् ।

सन् २०२७ को मध्यसम्म अझै ४२ हजार स्याटेलाइट अर्बिटमा राख्ने योजना रहेको छ । अर्कोतर्फ वानवेबले १२ सय किलोमिटरभित्र ६ सय ४८ वटा स्याटेलाइट राख्ने योजना बनाएको छ ।

अर्कोतर्फ अमेजनका मालिक जेफ बेजोसले पनि अर्बिटमा ३२ सय ३६ वटा स्याटेलाइट राख्ने बताएका छन् । हालसम्म उनले स्याटेलाइट राख्ने काम सुरु नगरेको भएता पनि ‘कुपियर’ परियोजना अन्तर्गत काम अघि बढिसकेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१