close

भारतमा ओप्पोको कारखाना, जहाँ बन्छ हरेक तीन सेकेन्डमा एउटा स्मार्टफोन

टेकपाना टेकपाना

चैत २२, २०७७ १७:५७

भारतमा ओप्पोको कारखाना, जहाँ बन्छ हरेक तीन सेकेन्डमा एउटा स्मार्टफोन

काठमाडौं । भारतीय बजारमा चिनियाँ कम्पनी ओप्पोका स्मार्टफोनको माग लगातार बढिरहेको छ । हालै कम्पनीले केवल तीन दिनमा २३ सय करोड भारतीय रुपैयाँ बराबरको एफ १९ प्रो स्मार्टफोन बिक्री भएको जानकारी दिएको छ ।

भारतमा स्मार्टफाेन उत्पादन गर्न कम्पनीले नाेयडामा कारखाना समेत सञ्चालन गरिरहेकाे छ । कम्पनीले दिएको जानकारी अनुसार याे कारखाना (प्लान्ट) मा औषतमा हरेक तीन सेकेन्डमा एउटा फाेन तयार हुन्छ ।

११० एकडमा फैलिएको याे कारखानामा १० हजारभन्दा बढीले काम गर्छन् । आफ्नो सप्लाई चेनलाई राम्रो बनाउन यो कारखानामा १२ लाखभन्दा बढी फोनका सामग्री राखिएको छ ।

याे कारखानाबाट एक महिनामा औषतमा ६० लाख स्मार्टफोन निर्माण हुन्छ । त्यस्तै एक वर्षमा विभिन्न सेगमेन्टका ५ कराेडभन्दा बढी स्मार्टफाेन निर्माण हुन्छ ।

कम्पनीले याे कारखानाबाट केही महिनापछि फरक रेन्जमा लाखाैं संख्यामा एडभान्स्ड स्मार्टफाेन उत्पादन गर्ने याेजना ल्याएकाे छ ।

-एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१