close

फेसबुक प्रयोगकर्तासँगै मार्क जुकरबर्गको फोन नम्बर लिक

टेकपाना टेकपाना

चैत २२, २०७७ १९:२३

फेसबुक प्रयोगकर्तासँगै मार्क जुकरबर्गको फोन नम्बर लिक

काठमाडौं । हालै लो लेभल ह्याकिङ फोरममा ५३ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताको डेटा सार्वजनिक भएको समाचारले चर्चा पाइरहेको छ । यो घटनामा १०६ देशका फेसबुक प्रयोगकर्ताको फोन नम्बर, पुरा नाम, ठेगाना, ईमेल एड्रेस र बायोग्राफिकल इन्फर्मेशन लिक भएको छ ।

एक साइबर सुरक्षा अनुसन्धानकर्मी डेभ वाकरले फेसबुकका सीईओ मार्क जुकरबर्गको डेटा पनि लिक भएको बताएका छन् । ट्वीटरमा एक ट्वीट गर्दै उनले लेखेका छन्, ‘बिडम्बनाको कुरा के छ भने याे लिकमा मार्क जुकरबर्गसमेत सामेल छन् ।’

वाकरका अनुसार जुकरबर्गका अलावा फेसबुकका सह-संस्थापक क्रिस ह्युज र डस्टिन मोस्कोविजकाे व्यक्तिगत डेटा पनि लिक भएकाे छ ।

ब्रिटिश मिडिया द सनले पनि ५३ कराेड फेसबुक प्रयाेगकर्ताकाे डेटा लिक हुँदा मार्क जुकरबर्गकाे फाेन नम्बरसहितकाे डेटा पनि सामेल भएकाे समाचार लेखेकाे छ । साे समाचारअनुसार जुकरबर्गकाे नाम, ठेगाना, वैवाहिक विवरण, जन्म मिति र फेसबुक युजर आईडीसहितकाे डेटा लिक भएकाे छ ।

यता बिजनेश इन्साइडरसँग कुराकानी गर्दै फेसबुकका प्रवक्ताले याे लिक घटना पुरानाे भएकाे प्रतिक्रिया दिएका छन् । ‘यो पुरानो डेटा लिक हो, जुन २०१९ मा भएको थियो । हामीले अगस्ट २०१९ मा यो इस्युको फिक्स गरिसकेका छौं,’ उनले भने ।

एकैपटक ५३ कराेडकाे विवरण लिक हुँदा सामाजिक सञ्जालमा फेसबुककाे सुरक्षा प्रणालीमाथि प्रश्न उठिरहेका छन् । साथै कतिपय सुरक्षा अनुसन्धानकर्मीहरूले डेटा लिकबाट साइबर अपराधीहरूले फाइदा लुट्नसक्ने चेतावनी दिएका छन् ।

Cyber researcher Dave Walker also confirmed Facebook co-founders Chris Hughes and Dustin Moskovitz also had their personal details leaked online

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१