close

एक सातामै १६ लाख ह्याकरमाथि पब्जीको प्रतिबन्ध

टेकपाना टेकपाना

चैत २२, २०७७ २१:५९

एक सातामै १६ लाख ह्याकरमाथि पब्जीको प्रतिबन्ध

काठमाडौं । ह्याकरहरु जहिल्यै पब्जी मोबाइलका लागि ठूलो टाउको दुखाइको कारण बन्दै आइरहेका छन् । लोकप्रिय ब्याटल रोयल गेमले हरेक साता आफ्ना खेलाडीहरुलाई आश्वस्त पार्न ह्याकरहरु विरुद्धको ‘एन्टी चिटिङ’ रिपोर्ट सार्वजनिक गर्दै आएको छ ।

त्यसै क्रममा पछिल्लो एक सातामा (मार्च २६ देखि अप्रिल १ सम्म) गेमले १६ लाख ह्याकरलाई प्रतिबन्ध लगाएको हो । हालै मात्र सार्वजनिक टेन्सेन्टको रिपोर्ट अनुसार करिब ६८ प्रतिशत अकाउन्टलाई अटो-एम तथा एक्स-रे भिजन ह्याक प्रयोग गर्दै गरेको अवस्थामा समातिएको थियो ।

१२ प्रतिशतले स्पिड ह्याक प्रयोग गरिरहेका थिए भने १० प्रतिशतले आफ्नो क्षेत्र तथा क्यारेक्टर मोडेललाई बिगारिरहेका थिए । त्यस्तै करिब १० प्रतिशतलाई अन्य कारणले गर्दा प्रतिबन्ध लगाइएको थियो । टेन्सेन्टले प्रतिबन्ध लगाइएका ह्याकरहरुको श्रेणी समेत सार्वजनिक गरेको छ ।

  • ब्रोञ्जः ३५ प्रतिशत
  • सिल्भरः ११ प्रतिशत
  • गोल्डः नौ प्रतिशत
  • प्लाटिनम ११ प्रतिशत
  • क्राउनः १२ प्रतिशत
  • एसः आठ प्रतिशत
  • कनक्वेररः एक प्रतिशत

त्यसो त पब्जी मोबाइलमा इन-ब्युल्ट ह्याक डिटेक्सन सिस्टम राखिएको छ । तर केही ह्याकरहरुले त्यसलाई बाइपास गर्दै आएका छन् ।

पब्जी प्लेयरले त्यस्ता ह्याकरहरु विरुद्ध रिपोर्ट गर्न समेत सक्छन्, ता कि न्याय पाउन सकुन् । यसरी प्राप्त रिपोर्टलाई टेन्सेन्टले एक एक गरेर मूल्याङ्कन गर्दछ ।

म्याचको पोस्ट रिजल्ट स्क्रिनमा रिपोर्ट गर्ने बटन देख्न सकिन्छ । जब तपाईंले यो बटनमा क्लिक गर्नुहुन्छ, त्यससँगै रिपोर्ट गर्नका लागि विभिन्न कारणहरु उल्लेख भएको सूचीसहितको एउटा नयाँ विण्डो देखा पर्दछ ।

खेलाडीहरुले विण्डोमा रहेको टेक्स्ट बक्समार्फत म्यानुअल रुपमा समेत रिपोर्ट गर्न सक्दछन् । तपाईंले रिपोर्ट गरेको प्लेयरमाथि प्रतिबन्ध लागेको अवस्थामा तपाईंले त्यसको नोटिफिकेसन समेत पाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१