close

सन्दिप क्षेत्रीको नयाँ फिल्म श्री हलमा नभई मोबाइल एपमा रिलिज हुने

टेकपाना टेकपाना

चैत २३, २०७७ १२:५२

सन्दिप क्षेत्रीको नयाँ फिल्म श्री हलमा नभई मोबाइल एपमा रिलिज हुने

काठमाडौं । कोरोना महामारी सुरु भएदेखि फिल्महलहरु अहिलेसम्म खुल्न सकेका छैनन् । यस्तोमा ओटीटी प्लेटफर्म (एप तथा वेब) नै सिनेमा हलको विकल्प बनेका छन् ।

कोभिड १९ का कारण हलहरु बन्द भएपछि दर्शकहरुले घरमै बसेर फिल्म ओटीटी प्लेटफर्ममा हेर्दै आएका छन् । सिनेमा हल खुल्ने विषय अनिश्चित हुँदा हलिउड र बलिउडका ठूला फिल्महरु सोझै ओटीटी प्लेटफर्ममा रिलिज भए ।

लकडाउनकै अवधिमा केही नेपाली फिल्म समेत डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिए । कोरोनाको दोस्रो लहर सुरु भएपछि फेरी हलहरु बन्द हुने अवस्थामा छन् ।

जसले गर्दा निर्माताहरु तयार भइसकेका फिल्म थन्काउनुभन्दा ओटीटी प्लेटफर्ममै रिलिज गर्न अघि सरेका हुन् । सन्दिप क्षेत्रीद्वारा अभिनित फिल्म ‘श्री’ यसैको पहिलो उदाहरण बनेको छ।

सिनेमा हलका लागि बनाइएको यो फिल्म अब ओटीटीमा रिलिज हुने भएको हो । फिल्म आउँदो अप्रिल ९ अर्थात चैत २७ गते रिलिज हुनेछ ।

गएको शुक्रबार १ मिनेट ३६ सेकेण्डको ट्रेलर सार्वजनिक गर्दै सबिता गुरुङ फिल्म इन्टरनेसनलले म्युजिक नेपालको ‘मोमो : म्यूजिक एन्ड मुभी‘, भिडियो पसल र डिशहोमको सिनेमा घर ५५५’ मा एकसाथ फिल्म रिलिज हुने जनाएको छ ।

फिल्ममा सन्दिप क्षेत्रीसँगै रविन्द्र झा, वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, भोलाराज सापकोटा, नवीन श्रेष्ठ, मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ लगायतको अभिनय रहेको छ । लकडाउनकै अवधिमा छायांकन सकिएको फिल्मलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका हुन् ।

सविता गुरुङको निर्माणमा बनेको यो फिल्मको कथा लेखनमा निर्देशक बोहरालाई शिवम् अधिकारीले सघाएका छन् । फिल्म शेरबहादुर तामाङले छायांकन गरेका हुन् । ट्रेलरबाट पैसाका लागि पात्रहरुको दौडधुप र त्यसले उत्पन्न गर्ने समस्यामा फिल्म केन्द्रीत रहेको संकेत गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१