close

सामसङ ग्यालेक्सी ए ८२ को डिजाइन लिक, यस्तो हुनेछ फिचर

टेकपाना टेकपाना

चैत २३, २०७७ १३:४७

सामसङ ग्यालेक्सी ए ८२ को डिजाइन लिक, यस्तो हुनेछ फिचर

काठमाडौं । सामसङले ‘ए’ सिरिज अन्तर्गत ग्यालेक्सी ए ८२ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो फोन सार्वजनिक हुने विषयमा हालसम्म कम्पनीले आधिकारिक रुपमा कुनै जानकारी उपलब्ध गराएको छैन ।

तर, पनि कम्पनीले तयारी गरिरहेको नयाँ स्मार्टफोन ग्यालेक्सी ए ८२ को डिजाइन र स्मार्टफोनका बारेमा केही जानकारी बाहिरिएका छन् । भर्खरैमात्रै ग्यालेक्सी ए ५२ र ग्यालेक्सी ए ७२ सार्वजनिक गरेको कम्पनीले मिडरेन्जमा अर्को नयाँ प्रडक्ट ल्याउने तयारी गरेको हो ।

ट्वीटरमा प्रविधिका बारेमा टिप्स तथा स्मार्टफोनको बारेमा जनकारी दिने मुकुल शर्माले सामसङ ग्यालेक्सी ए ८२ को बारेमा जानकारी बाहिर ल्याएका हुन् ।

उनले उक्त जानकारी गुगल प्ले कन्सोल डेभलपर टुलमार्फत प्राप्त गरेको बताएका छन् । उनले सार्वजनिक गरेको फोटा हेर्दा फोन आकर्षक डिजाइनका साथ आएउने छ ।

तर, फोटो त्यति क्वालिटीको नहुँदा उक्त फोटो सही हो वा होइन भन्ने विषय भने दुविधामा रहेको छ । यदि उक्त फोटो सही हो भने फोन पञ्चहोल स्क्रिनका साथ आएको छ ।

सार्वजनिक भएको फोटोमा मोबाइलको पछाडिको भाग भने देखिएको छैन । तर, प्राप्त जानकारी अनुसार फोनमा क्वालकम स्नापड्रागन ८६० चिपसेट रहेको छ ।

यो फोनले फाइभजी सपोर्ट गर्ने जनाइएको छ । साथै फोन ६ जीबी र ८ जीबी र्‍याम भेरियन्टमा उपलब्ध हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१