close

नास्टलाई २७ करोडको बजेट सिलिङ, प्रधानमन्त्रीले भने ‘नास्टले फड्को मार्नुपर्छ’

टेकपाना टेकपाना

चैत २३, २०७७ १७:५३

नास्टलाई २७ करोडको बजेट सिलिङ, प्रधानमन्त्रीले भने ‘नास्टले फड्को मार्नुपर्छ’

काठमाडौ । सरकारले नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आगामी आर्थिक बर्ष २०७८/७९ को लागि २७ करोड रुपैयाँको बजेट सिलिङ तोकेको छ । यो चालू आवको तुलनामा १३ करोड रुपैयाँले कम हो ।

चालू आवमा नास्टलाई ४० करोड बजेट विनियोजन गरिएको थियो । सोमबार नास्टको ४४ औं प्रज्ञा सभाको अवसरमा आयोजित कार्यक्रममा यो जानकारी दिइएको हो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नास्ट बिज्ञान तथा प्रविधिको क्षेत्रमा फड्को मार्न आवश्यक रहेको बताए । सरकार यस क्षेत्रको प्रवर्द्धनका लागि सहयोगी रहने समेत उनको भनाई थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१