close

विद्यार्थी र बजारलाई जोड्न ब्रिटिस कलेजको ‘टीबीसी जब फेयर’

टेकपाना टेकपाना

चैत २३, २०७७ १८:४४

विद्यार्थी र बजारलाई जोड्न ब्रिटिस कलेजको ‘टीबीसी जब फेयर’

काठमाडौं । ब्रिटिस कलेजले विद्यार्थी र बजारलाई एकै ठाउँमा ल्याउने उदेश्यले ‘टीबीसी जब फेयर २०२१’ आयोजना गर्ने भएको छ । कलेजको वार्षिक कार्यक्रमको रुपमा यसअघि पनि आयोजना भएकाे याे कार्यक्रम यस वर्ष यही अप्रिल ९ अर्थात चैत्र २८ गते हुने भएकाे हो ।

उक्त मेला कलेज परिसरमा आयोजना हुनेछ। जसमार्फत कलेजका विद्यार्थी, ग्राजुएट्स तथा एलुमिनीहरुलाई अहिलेको रोजगार बजारसँग जोड्ने विद्यालयको लक्ष्य रहेको छ ।

मेलामा २५ भन्दा धेरै देशका ठूला कम्पनी सहित एन्जल इन्भेस्टर तथा भेन्चर क्यापिटलिस्टको समेत सहभागीता हुने जनाइएको छ । बीबीए, बीएससी हन्स कम्प्युटिङ तथा एसीसीएका अन्तिम वर्षका विद्यार्थी तथा एलुमिनीहरुलाई मेलामा बढी प्राथामिक्ताका प्रदान गर्ने कलेजले जनाएकाे छ ।

यसबाहेक एमएससी आईटी, एमबीए, ईएमबीए र एमआईबीएम लगायत विषयका पोस्ट ग्राजुएट विद्यार्थीले पनि उक्त मेलामा सहभागी हुन सक्ने जनाइएको छ । यस मेलाले उद्योगीहरुलाई विद्यार्थीमा रहेकाे प्रतिभा पहिचान गर्न सहयोग सहयोग पुग्ने अपेक्षा छ ।

भने, विद्यार्थीहरुलाई पनि रोजगार बजार र लगानीकर्ताहरुमाझ आफ्नो याेजना प्रस्तुत गर्ने साझा अवसर दिने कलेजको भनाई छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१