close

कम्तीमा १० अङ्कको पासवर्ड राख्न प्राधिकरणको आग्रह, पासवर्ड पुन: प्रयोग नगर्न सुझाव

टेकपाना टेकपाना

चैत २३, २०७७ १९:२७

कम्तीमा १० अङ्कको पासवर्ड राख्न प्राधिकरणको आग्रह, पासवर्ड पुन: प्रयोग नगर्न सुझाव

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सकेसम्म १० अङ्कको पासवर्ड प्रयोग गर्न आग्रह गरेको छ । साइबर आक्रमणबाट सुरक्षित रहन प्राधिकरणले यस्तो आग्रह गरेको हो ।

सोमबार साइबर सुरक्षाका लागि सार्वजनिक सन्देश जारी गर्दै प्राधिकरणले पासवर्डमा अङ्रेजी ठूला तथा साना अक्षर, अंक र विशेष अक्षरहरु प्रयोग गर्न सुझाएको छ । त्यस्तै प्रयोगकर्ताको नाम पासवर्ड एकै नराख्न पनि प्राधिकरणले सुझाव दिएको छ ।

साइबर सुरक्षाका लागि शब्दकोषमा भएका शब्द प्रयोग नगर्न, सजिलै अनुमान लगाउन नसक्ने शब्द प्रयोग नगर्न, एउटै पासवर्डलाई धेरै अकाउन्टमा प्रयोग नगर्न र पासवर्डलाई कम्तिमा तीन तीन महिनामा परिवर्तन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

पहिले प्रयोग भएको पासवर्डलाई पुन: प्रयोग नगर्न पनि प्राधिकरणको सुझाव छ । डिफल्ट पासवर्ड प्रयोग नगर्न, मल्टी फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्न र पासवर्ड गोप्य राख्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१