close

गुगल म्यापमा ‘लाइभ भ्यु’ फिचर, सही दिशा पत्ता लगाउन अब सहज हुने

टेकपाना टेकपाना

चैत २४, २०७७ ७:५७

गुगल म्यापमा ‘लाइभ भ्यु’ फिचर, सही दिशा पत्ता लगाउन अब सहज हुने

काठमाडौं । गुगल म्यापमा सयभन्दा धेरै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रवर्तित फिचरहरु आउने भएकाे छ । यसबीच गुगलले आगामी वर्षसम्ममा धेरैवटा अपडेटहरु सार्वजनिक हुने र कतिपय अपडेट हाल भइरहेको जानकारी दिएकाे छ ।

हालै गुगल म्यापमा लाइभ भ्यु फिचर थप भएकाे छ । यस फिचरले अगुमेन्टेड रियालिटी क्युज एर्रो र एकम्पेनिङ डिरेक्सनको प्रयोग गर्दछ । जसले गुगल म्याप प्रयोगकर्ताहरुलाई सधैं सही बाटो र दिशामा हिडाउँछ ।

यदि तपाईं जान चाहेको दिशा वा बाटोभन्दा विपरित हिँड्दै हुनुहुन्छ भने तब यसले तपाईंलाई सही बाटोमा हिँड्न सहयोग गर्दछ ।

गुगल म्याप प्रडक्टका भीपी ड्यान ग्लासगोका अनुसार लाइभ भ्यु एआई प्रविधिमा निर्भर छ, जसलाई ग्लोबल लोकलाइजेसन भनिन्छ । यसले दशौं अर्ब स्ट्रिट भ्यु इमेजहरुलाई स्क्यान गर्दछ । ताकि कुनै पनि भवन जस्तै विमानस्थल, ट्रान्जिट स्टेसन वा शपिङ सेन्टरभित्र वस्तुको यकिन उचाई र राखिएको स्थानलाई पत्ता लगाउन सकियोस् । 

यदि तपाईं प्लेन वा ट्रेनमा यात्रा गर्दै हुनुहन्छ भने लाइभ भ्युले तपाईंलाई नजिकको इलिभेटर, इस्क्यालेटर्स, गेट, ब्यागेज क्लेम, चेक इन काउन्टर्स, टिकेट अफिस, रेस्ट रुम, एटीएम तथा अन्य धेरै लोकेसनहरु खोज्न सहयोग गर्दछ ।

यस्तै मलमा केही सामान खरिद गर्न जाँदै हुनुहुन्छ भने तपाईंको सामग्री पाउने स्टोर कुन फ्लोरमा छ यस्ता सबै विस्तृत कुराहरु यसबाट हेर्न सकिन्छ । 

अहिले यो इन्डुअर लाइभ भ्यु फिचर दुबै एन्ड्रोइड र आईओएसमा उपलब्ध छन् । यद्यपि यो हाल अमेरिकाका केही शहर, जापान र ज्युरिकका केही शहरहरुमा मात्र रोलआउट भएको छ । अन्य शहरहरु यो फिचरमा जोडिने क्रममै रहेको ग्लासगोले बताएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१