close

ह्वावे पी ५० को हाई क्वालिटी फोटो लिक, कस्ता होलान् फिचर ?

टेकपाना टेकपाना

चैत २४, २०७७ ८:४४

ह्वावे पी ५० को हाई क्वालिटी फोटो लिक, कस्ता होलान् फिचर ?

काठमाडौं । ह्वावे पी ५० को हाई क्वालिटी फोटो लिक भएको छ । कम्पनीले फ्ल्यागशिप सिरिज अन्तर्गत पी ५०, पी ५० प्रो र पी ५० प्रो प्लस गरी ३ मोडल बजारमा ल्याउन लागेकाे छ । लिक भएको सो सूचना अनुसार यी फोनमा ह्वावे आफैले उत्पादन गरेको चिपसेट प्रयोग गरिएको छ ।

वाकर खानले लिक गरेकाे पी५० को तस्वीर हेर्दा बाहिरी डिजाइन पी५० प्रो जस्तै छ । यसमा पनि फोनको पछाडि रियर क्यामेराका लागि २ वा सर्कल छ, जसबाट प्रस्ट रुपमा २/२ वटा क्यामेरा लेन्स रहेको थाहा पाउन सकिन्छ ।

यो फोनमा सुधारिएकाे वाइड एङ्गल क्यामेरा, अल्ट्रावाइड, टेलिफोटो (नन पेरिस्कोप) आउने अनुमान गरिएको छ । लिक भएको फोटोअनुसार यो मोडल ४ कलर अप्सनमा उपलब्ध हुने अनुमान गरिएकाे छ ।

Huawei P50 leaks in high-quality renders

पी ५० मा किरिन ९००० ई प्रयोग गरिएको छ भने पी ५० प्रो र पी ५० प्रो प्लसमा फ्ल्यागशिप चिपसेट किरिन ९००० प्रयोग गरिएको छ । साथै ह्वावेको यो अपकमिङ फ्ल्यागशिपमा नयाँ फिचरका रूपमा अल्ट्रा सेन्सिङ क्यामेरा सिस्टम, सुधारिएको डिस्प्ले र गेमिङ क्षमता रहेको बताइएको छ ।

सफ्टवेयरको कुरा गर्दा यो फोनमा कम्पनीको आफ्नै ह्वावे मोबाइल सर्भिस (एचएमएस) छ । यसको अर्थ जीमेल, म्याप, प्ले स्टोर जस्ता गुगल सर्भिसहरु यो फोनमा प्रयोग गर्न पाउनुहुने छैन ।

यसअघि मार्चकाे अन्तिम साता सार्वजनिक हुने हल्ला चलेपनि अहिले भने अप्रिलकाे अन्त्यतिर ह्वावे पी ५० सिरिज सार्वजनिक हुने अनुमान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१