close

२० रूपैयाँमा हिमाल घुम्ने अवसर

टेकपाना टेकपाना

चैत २४, २०७७ १०:४५

२० रूपैयाँमा हिमाल घुम्ने अवसर

काठमाडौं । नेपालको ठूलो भुक्तानी सेवा प्रदायक ईसेवाले यति एयरलाइन्ससँग सहकार्य गरेर ग्राहकका लागि रु. २० मा हिमाल घुम्ने अवसर ल्याएको छ ।

यो योजनाअन्तर्गत रु. २० को माेबाइल टपअप गर्दा नेपालका २० हिमाल अवलोकनको अवसर पाउन सकिने छ । लाङटाङदेखि सगरमाथा हुँदै चामलाङ चुचुरोसम्म अवलाेकन गर्न पाइने कम्पनीले जनाएको छ ।

यो योजनामा सहभागी हुन ईसेवा एप खोलेर पपुलर सर्भिसेस (Popular Services) सेक्सनमा रहेको ‘रु. २० मा हिमाल घुमाउने’ आइकन क्लिक गर्नुहोस् । यसपछि आफूले टपअप गर्न चाहेको मोबाइल नम्बर इन्टर गर्नुहोस् ।

त्यसपछि अफरमा ‘रु. २० मा हिमाल घुमाउने’ छनोट गर्नुहोस् । यसपछि एमपिन/फिङ्गरप्रिन्टसँगै ट्रान्जेक्सन कम्प्लिट गर्न ‘कन्फर्म’ गर्नुहोस् ।

आगामी १६ अप्रिलमा २ भाग्यशाली विजेताको घोषणा गरिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१