close

फ्रान्समा एप्पलका सम्पूर्ण स्टोर बन्द

टेकपाना टेकपाना

चैत २४, २०७७ १४:३९

फ्रान्समा एप्पलका सम्पूर्ण स्टोर बन्द

काठमाडौं । कोभिड १९ को दोस्रो लहर विश्वव्यापी रुपमा चलिरहेको छ । यस्तो अवस्थामा विश्वका कतिपय देशमा लकडाउन भइरहेको छ । यसैबीच फ्रान्सले पनि आफ्ना विभिन्न स्थानमा लकडाउन गरिरहेको छ ।

विभिन्न चरणमा लकडाउनको कार्यक्रम राखेको फ्रान्सको पछिल्लो लकडाउन तेस्रो पटक हो । फ्रान्स सरकारले तेस्रो पटक लकडाउन गर्ने निर्णय गरेसँगै एप्पलले देशभरमा रहेका आफ्ना सबै २० वटा स्टोरहरु बन्द गर्ने घोषणा गरेको छ ।

कम्पनीले सम्पूर्ण स्टोर बन्द गर्ने निर्णय गर्नुअघि नै अति संवेदनशील क्षेत्रका १२ ओटा स्टोर यसअघि नै बन्द गरिसकेको थियो ।

कम्पनीले यस विषयमा आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ । ट्वीटमा एप्पलले अप्रिल ३ देखि अनिश्चितकालका लागि स्टोर बन्द हुने जानकारी दिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१