close

लगातार ६ वर्ष घाटामा गएपछि स्मार्टफोन व्यवसाय नै बन्द गर्दै एलजी

टेकपाना टेकपाना

चैत २४, २०७७ १५:२९

लगातार ६ वर्ष घाटामा गएपछि स्मार्टफोन व्यवसाय नै बन्द गर्दै एलजी

काठमाडौं । एलजी मोबाइल बजारबाट बाहिरिने भएको छ । लगातार रुपमा २३ वटा त्रैमासिक (करिब ६ वर्ष) घाटा व्यहोरेको एलजीले कम्पनीको अस्तित्व जोगाउन स्मार्टफोन उद्योग बन्द गर्ने भएको हो ।

कम्पनीले ३१ जुलाई पश्चात स्मार्टफोनको उत्पादन र बिक्री बन्द गर्नेछ । घाटाको व्यवसाय बन्द गर्ने रणनीति अनुरुप एलजीले आफ्नो मोबाइल डिभिजन बन्द गर्ने भएको हो ।

एलजीका अनुसार कम्पनीको मोबाइल डिभिजनले विगत ६ वर्षमा ४.५ अर्ब डलरको घाटा व्यहोरेको छ । स्मार्टफोन बजारमा पछिल्लो समय निकै तीव्र प्रतिस्पर्धा देखिएको छ ।

जसका कारण एलजीलाई बाहिरिनुपर्ने अवस्था आएको हो । कम्पनीको भनाईमा अब उसले भिएकल कम्पोनेन्ट, कनेक्टेड डिभाइस र स्मार्ट होम्समा आफ्नो ध्यान केन्द्रीत गर्नेछ ।

फ्लिप फोनको जमानामा एलजी इलेक्ट्रोनिक बादशाह नै थियो । दक्षिण कोरियाली कम्पनीले मार्केटिङ नारा ‘लाइफ इज गुड’ राख्नुबाट त्यसको अन्दाज गर्न सकिन्छ ।

आफ्नो सुनौलो समयमा एलजी सेलफोन आविष्कार र अल्ट्रा वाइड एंगल क्यामेराका लागि परिचित थियो ।

एलजीले बनाएको आफ्नो गढ निकै सहज थियो । तर स्मार्टफोन व्यवसायमा प्रवेश गर्ने निर्णय भने निकै महंगो गल्ती सावित हुन पुग्यो ।

लगातार रुपमा करिब ६ वर्ष घाटामा गएपछि एलजी अहिले आफ्नो मोबाइल उद्योग नै बन्द गर्ने निर्णयमा पुगेको छ । वास्तवमा यो उसका लागि सही निर्णय हो ।

बजारमा पकड कायम गर्ने लगातारको प्रायसपछि सन् २०१३ मा एलजी सामसङ र एप्पलपछि तेस्रो ठूलो स्मार्टफोन निर्माता बन्न सफल भएको थियो । तर कम्पनीको यो सफलता लामो समयसम्म टिक्न सकेन ।

तर पछि गएर एलजी फ्ल्यागशिप मोडलको सफ्टवेयर र हार्डवेयरको समस्या सामना गर्न थाल्यो । यस बाहेक स्लो सफ्टवेयर अपडेट समेत एलजीका लागि प्रतिकूल सावित भयो ।

चिनियाँ कम्पनीको तुलनामा विशेषज्ञताको समेत अभाव देखिएको कुरालाई लिएर विश्लेषकहरुले समेत एलजीको आलोचना गर्न थाले ।

कम्पनी नयाँ फोन सार्वजनिक गर्ने प्रतिस्पर्धामा पछाडि पर्दै गयो । यसक्रममा २ प्रतिशत विश्व बजारसँगै अघिल्लो वर्ष कम्पनी शीर्ष सातको सूचीबाट समेत बाहिरियो ।

एलजी इलेक्ट्रोनिक्सका विभिन्न ५ वटा डिभिजन छन् । जसमा मोबाइल युनिट सबैभन्दा सानो युनिट हो ।

कम्पनीको कूल आम्दानीमा मोबाइल युनिटको हिस्सा केवल ८ प्रतिशत रहेको भए पनि समग्रमा ग्रुपलाई यसले घाटा लाग्यो । सुधारका लागि एकदमै कम आशा बाँकी छ ।

हाई इन्ड सेग्मेन्टमा निकै ठूलो अन्तर छ । जसमा एप्पल र सामसङले मात्र ३७ प्रतिशत बजार कब्जा गरेका छन् । त्यसैगरी लो ईन्डमा पाँच वटा चिनियाँ स्मार्टफोन निर्माता कम्पनी छन् ।

अन्य स्मार्टफोन बिक्रेताको हिस्सा कूल बिक्रीमा केवल १६ प्रतिशत छ । काउन्टरप्वाइन्टको प्रतिवेदन अनुसार उनीहरुको हिस्सा ३ वर्ष अघि ३१ प्रतिशत रहेको थियो ।

एलजीको व्यावसायिक प्रदर्शन राम्रो नहुनुमा मोबाइल युनिटले समेत लामो समयदेखि भूमिका खेलिरहेको छ । सञ्चालन मुनाफा नकारात्मक दिशामा गएको छ ।

जुन सन् २०१९ मा १७ प्रतिशत ऋणात्मक रह्यो । कूल बिक्रीमा समूहको लाभदायी व्यवसायको रुपमा रहेको होम अप्लायन्समा यसको दबाब पर्दै गएको छ ।

जसको हिस्सा ग्रुपको कूल बिक्रीमा ४३ प्रतिशत छ । जुन कम्पनीको बजार मूल्यमा समेत प्रतिबिम्बित भइरहेको छ ।

यति सम्म कि वितेको वर्ष २०० प्रतिशत प्राप्ति रहेको कम्पनीको शेयर बजारले १.८ प्रतिशत बुक भ्यालु प्राप्त गर्न सक्यो । जुन कम्पनीका प्रतिस्पर्धी इलेकट्रोलक्स र वर्लपुलको तुलनामा आधा हो ।

स्मार्टफोनको वृद्धि जताततै धिमा हुँदै गइरहेको छ । गत वर्ष विश्वव्यापी रुपमा नै १३ प्रतिशतको गिरावट आयो ।

कम्पनीले गत वर्ष विश्वभर केवल दुई करोड ३० लाख स्मार्टफोन मात्र शिपमेन्ट गरेको छ । जब कि यसको प्रतिद्वन्दी कम्पनी सामसङले २० करोड ६० लाख स्मार्टफोन शिपमेन्ट गर्‍यो । उत्तर अमेरिकामा हाल एलजीको बजार हिस्सा १० प्रतिशत छ । जहाँ एप्पल र सामसङपछि एलजी अझै तेस्रो स्थानमा छ । त्यसैगरी ल्याटिन अमेरिकामा कम्पनी पाँचौ नम्बरमा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१