close

ईसेवाबाट हवाई जहाजको टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाउने अवसर

टेकपाना टेकपाना

चैत २४, २०७७ १७:२६

ईसेवाबाट हवाई जहाजको टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाउने अवसर

काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवामार्फत हवाइजहाजको टिकट काट्दा शतप्रतिशत क्यासब्याक पाइने भएको छ । ईसेवामार्फत डाेमेस्टिक एयरलाइन्सका कुनै पनि गन्तव्यको टिकट काट्ने यात्रु यस योजनामा सहभागी हुन सक्नेछन् ।

हरेक दिन तीन जनाले तीन हजारसम्मको टिकटमा शतप्रतिशत क्यासब्याक पाउनेछन् । भने त्यसभन्दा माथिको टिकटमा पनि तीन हजार रूपैयाँसम्मख छुट पाउने कम्पनीले जनाएको छ । यो योजना यही चैत ३१ गतेसम्म लागू हुनेछ ।

यस्तै ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत पोखरा जाने यात्रुहरुले एयरलाइन्स टिकट काट्दा टिकट बुकिङ, होटल तथा रेष्टुरेन्ट तथा साहसिक खेलहरूमा आकर्षक छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यात्रुहरुले ईसेवामार्फत टिकट काटिसकेपछि ‘जाउँ है पोखरा’ भन्ने विवरणमा क्लिक गरी यस्तो छुट पाइनेछ ।

होटल तथा साहसिक खेलमा छुट प्राप्त गर्नका लागि ईसेवाबाट प्रि बुकिङ गर्नुपर्नेछ, अथवा हवाई टिकट देखाउनु पर्नेछ । अहिले पश्चिमाञ्चल होटल संघ पोखरा र ईको सहकार्यमा ‘जाउँ है पोखरा’ अभियान अन्तर्गत पोखरा घुम्न जानको लागि विभिन्न प्रवर्द्धानात्मक कार्यहरु भइरहेको समेत कम्पनीले जनाएको छ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेको कम्पनीको दावी छ ।

हाल ईसेवाका देशभर करिब एक लाख १० हजारभन्दा बढी एजेन्ट (ईसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल ईसेवामा मर्चेन्टको संख्या तीन लाख २ लाख नाघिसकेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१