close

ओराकलको कोड चोरी गर्ने गुगलकै पक्षमा सर्वोच्च अदालतको फैसला

टेकपाना टेकपाना

चैत २४, २०७७ २०:१२

ओराकलको कोड चोरी गर्ने गुगलकै पक्षमा सर्वोच्च अदालतको फैसला

काठमाडौं । प्रविधि उद्योगको एउटा ठूलो कानुनी लडाईंमा अमेरिकाको सर्वोच्च अदालतले गुगलको पक्षमा फैसला सुनाएको छ ।

ओराकल कम्पनीको सफ्टवेयर इन्टरफेसलाई गुगलले आफ्नो एन्ड्रोइड स्मार्टफोन अपरेटिङ सिस्टममा कपी गरी प्रयोग गरेको घटनामा सर्वोच्च अदालतले गुगललाई नै सफाई दिएको हो ।

दशकौं लामो उक्त कानूनी लडाईंमा ओराकलले दाबी गरेको क्षति मूल्य हाल करिब ९ अर्ब डलरको हाराहारीमा पुगेको छ । सफ्टवेयर उद्योगमा ठूला संस्थागत प्लेटफर्म कम्पनी र सुरुवाती चरणमा रहेका प्रतिस्पर्धी कम्पनीहरुबीचको शक्ति सन्तुलनलाई असर गर्ने आधारभूत विषयको समेत उक्त मुद्दाले उठान गरेको बताउने गरिन्छ ।

अदालतको फैसलामा गुगलले ओराकलको कोडको ‘फेयर युज’ गरेको बताएको छ । गुगलले सर्वव्यापी प्रयोग हुने जाभा सफ्टवेयरसँग आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टमलाई अनुकूल बनाउन ओराकल कोडको ११ हजार लाइन प्रयोग गरेको थियो ।

ओराकलले एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस अर्थात् एपीआई भनिने जाभा कोडको टुक्रा प्रयोग गरेर जाभा डेभलपरहरुलाई एन्ड्रोइड प्लेटफर्ममा आफ्नो प्रोग्राम रन गर्न सजिलो बनाइदिएको थियो । जुन एप्पलसँग स्मार्टफोन निर्माण उद्योगमा प्रतिस्पर्धा गरिरहेको गुगलका लागि फाइदाजनक कुरा थियो ।

कम्पनीहरुले आफ्नो नयाँ सफ्टवेयरलाई अत्याधिक प्रयोग हुने प्रविधिसँग अनुकूल बनाउन गर्ने चोरी प्रविधिको उद्योगमा लामो समयदेखि चल्दै आइरहेको छ ।

यसबीच गुगलले ठूला शक्तिशाली टेक प्लेटफर्महरुसँग प्रतिस्पर्धा गर्न चाहिरहेका कम्पनीहरुले अरुको इन्टरफेस कपी गर्न पाउनुपर्ने बताएको थियो । तर ओराकल तथा उसका समर्थकहरुले उक्त मुद्दाको फैसालले गुगलजस्तो शक्तिशाली कम्पनीले अरुको कोड चोरेर अवरोधकर्ताहरुलाई कानूनीरुपमै कुल्चिनसक्ने वैधानिक नजिर बसालेको दावी गरेका छन् ।

‘गुगल प्लेटफर्म ठूलो बन्दै जाँदै छ र बजार शक्ति पनि त्यतिकै बढ्दैछ,’ ओराकलले आफ्नो हारपछि भन्यो । उक्त मुद्दाले ‘विश्वभर तथा अमेरिकाका नियामक निकायहरुले गुगलको व्यवसायिक अभ्यासलाई किन परीक्षण गर्छन् भन्ने कुरा देखाएको छ ।’

क्यालिफोर्निया विश्वविद्यालयकी कानुन तथा सूचना व्यवस्थापन संकायकी प्राध्यापक पामेला स्याम्युलसन यो फैसलाले दुई ठूला टेक कम्पनीभन्दा बाहिर पनि असर पार्ने बताउँछिन् । यस मामिलामा अदालतले समग्र सफ्टवेयर जगतमा पर्न सक्ने सम्भावित असरमाथि गहनरुपमा सोचेर नै फैसला दिएको देखिएको बताउँछिन् ।

उनी भन्छिन्, ‘यो फैसलाले सफ्टवेयर इन्टरफेसहरु धेरै डेभलपरहरुले बनाएर प्रयोग गरेका हुन्छन् र उनीहरुलाई यसको प्रयोगमा हस्तक्षप गर्नुहुन्न भन्ने कुरा स्पष्ट पारेको छ ।’

गुगलले आफ्नो बचाउमा विशेषगरी दुई तर्क अघि सारेको थियो । एउटा त उसले कोडको ‘फेयर युज’ ले आफूहरुसँग संरक्षण गर्ने बताएको थियो, जस अन्तर्गत कपिराइट सामग्रीको सीमित प्रयोग गर्न पाइन्छ भन्ने प्रावधान छ ।

साथै उसले इन्टरफेसमा कुनै पनि वैधानिक संरक्षण लागू नहुनुपर्ने बताएको थियो । इन्टरफेसहरुले कम्प्युटरका धेरैजसो कोडहरु प्रयोग गर्ने र गाडीको स्टेरिङ ह्विल जस्तै यो एउटा महत्वपूर्ण पाटो यसलाई वैधानिक संरक्षण दिन नमिल्ने बताएकाे थियो ।

तर अदालतले अन्तिम फैसलामा गुगलको पहिलो तर्कलाई सदर गर्दै गुगलले प्रोगामरहरूलाई आफ्नो सही प्रतिभा नयाँ तथा ट्रान्सफर्मेटिभ प्रोग्राममा रख्ने अनुमति दिन आवश्यक कोडहरुको मात्र फेयर युज गरेको सुनुवाई गरेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१