close

बुटवलमा साओमीको आधिकारिक सर्भिस सेन्टर, एक हप्तासम्म निःशुल्क सर्भिसिङ

टेकपाना टेकपाना

चैत २४, २०७७ २१:३६

बुटवलमा साओमीको आधिकारिक सर्भिस सेन्टर, एक हप्तासम्म निःशुल्क सर्भिसिङ

काठमाडौं । मोबाइल स्मार्टफोन ब्राण्ड साओमीले बुटवलमा आफ्नो आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले बुटवलको राम मन्दिर लाइनमा रहेको सिंह कम्प्लेक्समा उक्त सेन्टर सञ्चालनमा ल्याएको हो ।

साओमीका अन्य सर्भिस सेन्टर पोखरा, नारायणघाट, नेपालगन्ज, इटहरी, धनगढी र काठमाडौंमा रहेका छन् ।

‘साओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्‍याउन केन्द्रित छौं,’ साओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, ‘हामी प्रयोगकर्तालाई बिक्रीपछिको सेवालाई सबैभन्दा महत्वपूर्ण पक्षको रुपमा लिएर काम गरिरहेका छौं । यसै अन्तर्गत बुटवलमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएको हो । यसले हामीलाई देशभर अघि बढ्न मद्दत समेत पुर्‍याउने छ ।’

यो सर्भिस सेन्टर सञ्चालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको छ । सेवाको टर्न आराउन्ड समय र पर्याप्त पहुँच योग्यतामा उल्लेखनीय गिरावटले नेपालमा मी फ्यानहरूप्रति ब्राण्डको प्रतिबद्धता प्रदर्शन गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

यो सर्भिस सेन्टर उद्घाटन अवसरमा साओमी नेपालले शाओमीका सबै उत्पादमा वारेन्टी कार्ड भए नभएका सम्पूर्णका लागि एक हप्तासम्म निः शुल्क सर्भिसिङ प्रदान गर्ने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१