close

नेपाली बजारमा आकर्षक फिचरसहित ओप्पो ब्याण्ड स्टाइल सार्वजनिक

टेकपाना टेकपाना

चैत २५, २०७७ ७:१४

नेपाली बजारमा आकर्षक फिचरसहित ओप्पो ब्याण्ड स्टाइल सार्वजनिक

काठमाडौं । ओप्पोले गत मार्च २३ का दिन काठमाडौंको न्यूरोडमा आयोजित आधिकारिक फर्स्ट सेल कार्यक्रममार्फत ओप्पो एफ१९ प्रोका साथै ओप्पो ब्याण्ड स्टाइलको पनि बिक्री सुरुवात गरेको थियो ।

ओप्पो वाट्च सिरिज अन्तर्गत ओप्पोको वेयरेवल स्मार्ट डिभाइस लाइन मातहत यो नयाँ उत्पादन हो । नयाँ ओप्पो ब्याण्ड स्टाइलमा सुतिरहेका बखत हरेक सेकेण्ड रगतमा अक्सिजन स्याचुरेशन (एसपीओटू) अनुगमन गरिरहने फिचर पनि दिइएको छ ।

ओप्पो ब्याण्डमा सक्रिय गतिशील जीवनका लागि आवश्यक १२ वर्कआउट मोड्सका साथै अन्य कन्भिनियन्ट फङ्सन पनि उपलब्ध छ । डिजाइनको कुरा गर्दा ब्याण्डमा १.१ इञ्च फुल कलर एमोलेड स्क्रिन जडान गरिएको छ ।

प्रयोगकर्ताले आफ्नो चाहनाअनुसार ब्याण्डको छनोट तथा प्रयोग गर्न सकुन् भन्ने सोचका साथ यसमा बेसिक स्पोर्ट भर्जन र स्टाइल भर्जनमा गरी दुई आकर्षक स्ट्र्रयाप डिजाइन उपलब्ध गराइएको छ ।

ओप्पो ब्याण्डले स्मार्टफोनको विस्तारित अंगका रुपमा समेत काम गर्ने क्षमता राख्छ । प्रयोगकर्ताले ब्याण्डमार्फत सन्देश, कल नोटिफिकेशन प्राप्त गर्ने, म्युजिक प्लेब्याक नियन्त्रण तथा आफ्नो फोन खोज्ने कार्यसमेत गर्न सक्छन् ।

ब्याट्रीको कुरा गर्दा ओप्पो ब्याण्डमा उच्च कार्य क्षमताको लो पावर्ड प्रासेसरको प्रयोग गरिएको छ ।
१०० एमएएच ब्याट्रीजडित यो ब्याण्ड जम्मा १.५ घण्टाको समयमा पूर्णरुपमा चार्ज हुन्छ ।

आकर्षक डिजाइन र उच्चकोटीको फिटनेश क्षमतासहितको यो ब्याण्डको नेपाली बजारमा मूल्य रु. ५ हजार ५ सय ९९ निर्धारण गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१