close

८ जीबी डेटासहितको सिम निःशुल्क बाँड्दै स्मार्टसेल

टेकपाना टेकपाना

चैत २५, २०७७ १५:३९

८ जीबी डेटासहितको सिम निःशुल्क बाँड्दै स्मार्टसेल

काठमाडौं । देशकै तेस्रो मोबाइल सेवा प्रदायक कम्पनीले आकर्षक डेटा सहितको सिमकार्ड निःशुल्क उपलब्ध गराउन थालेको छ । कम्पनीले आफ्ना स्मार्ट सेन्टरहरुमार्फत यस्तो सुविधा दिन थालेको हो ।

स्मार्ट सेलका अनुसार आफ्नो स्मार्टफोन सहित ग्राहक आफैं स्मार्ट सेन्टरमा पुग्नुपर्नेछ । जहाँबाट उनीहरुले ८ जीबी डेटा सहितको सिमकार्ड निःशुल्क पाउन सक्नेछन् । यद्यपी डेटा सहितको निःशुल्क सिमकार्डका लागि शर्तहरु लागु हुने कम्पनीले स्पष्ट पारेको छ ।

हाललाई यो सेवा काठमाडौं उपत्यकाभित्र मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । स्मार्ट टेलिकमका अनुसार यस्तो सिमकार्डमा ग्राहकले एक्टिभ गर्ने वित्तिकै दुई जीबी र ५ महिनासम्म एक एक जीबी डेटा र २० मिनेट टकटाइम पाउने छन् ।

थप डेटा दोस्रो महिनादेखि पाँच महिनासम्म प्रत्येक रिचार्जमा एक जीबीका दरले प्राप्त हुनेछ । त्यसका लागि कम्तिमा एक सय रुपैयाँको रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१