close

पब्जी खेल्ने क्रममा भारतमा एक बालकको हत्या

टेकपाना टेकपाना

चैत २५, २०७७ १४:८

पब्जी खेल्ने क्रममा भारतमा एक बालकको हत्या

काठमाडौं । पब्जीका कारण भारतको करनाटकमा १२ वर्षीय बालकको हत्या काठमाडौं । पब्जीको क्रेज यति धेरै भइसकेको छ कि कहिले काहिँ यसकै कारण ज्यान जाने स्थिति आउँछ । यसैक्रममा कर्नाटकमा मंगलोरको उल्लालमा एउटा त्यस्तै दुखद घटना हुन पुगेको छ ।

आइतबार त्यहाँ एक जना बालकको शव भेटिएको थियो । यो प्रकरणमा १७ वर्षीय नाबालिक आरोपित छन् । प्रहरीका अनुसार शव बरामद गरी पोस्टमार्टमका लागि पठाइएको छ ।

कसरी भयो घटना ? अनलाइन गेम पब्जीको जीत हारको विषयलाई लिएर दुई जना बालकहरुबीच विवाद भयो । त्यसपछि १७ वर्षीय नाबालकले १२ वर्षीय बालकको टाउकोमा ढुंगाले प्रहार गरे ।

धेरै रक्तश्राव हुँदा बालकको मृत्यु भयो । प्रहरीले गरेको सोधपुछका क्रममा आरोपित नबालिगले शनिबार आफूहरु पब्जी खेल्नका लागि जम्मा भएको बताए । पब्जीमा आरोपीको हार भयो ।

आरोपितको भनाईमा बालकले उनलाई धक्का दिएर ढुंगाले हिर्काए । त्यसैक्रममा आरोपित नाबालिगले ठूलो ढुंगा उठाएर बालकको टाउकोमा हाने ।

ढुंगाले लागेर घाइते भएपछि बालकको टाउकोबाट रगत बग्न थाल्यो । नाबालिग घाइते बालकलाई सडकको छेउमा छोडेर आफ्नो बाटो लागे ।

यसैक्रममा पछि बालकको शव फेला परेको थियो । मृतक बालकका परिवारका अनुसार उनीहरुले पब्जी खेल्नका लागि बालकलाई मोबाइल दिने गर्दथे । यो मामिलामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मंगलोर पुलिस कमिसनर एन शशिकुमारले घटना निकै दुर्भाग्यपूर्ण रहेको भन्दै परिवारजनले आफ्ना बालबालिकाको बानी व्यहोराको विषयमा जानकारी राख्नुपर्ने बताए ।

एजेन्सी ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१