close

बैंकहरुमा गुगल प्लस कोड प्रयोग गर्न हुलाकको आग्रह

टेकपाना टेकपाना

चैत २५, २०७७ १४:४९

बैंकहरुमा गुगल प्लस कोड प्रयोग गर्न हुलाकको आग्रह

काठमाडौं । गोस्वारा हुलाक कार्यालयले बैंक तथा वित्तीय संस्थालाई गुगल प्लस कोड प्रयोग गर्न अनुरोध गरेको छ । कार्यालयले सरकारी स्तरमा हालै आधिकारिक रुपमा कार्यान्वयनमा आएको पहुँचयोग्य ठेगाना लिएर आफ्नो प्रणालीमा आवद्ध गर्न आग्रह गरेको हो ।

गोस्वारा हुलाक कार्यालयले बुधबार नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्दै गुगल प्लस कोडसहितको ठेगाना प्रयोगमा सहयोग गर्न आग्रह गरेको छ । ‘हुलाकमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट वितरण गर्नका लागि प्राप्त पत्रहरुमा त्यस संस्थाका सेवाग्राहीको सही स्थानमा पुग्नेगरी ठेगाना उल्लेख नहुँदा बैंकका विभिन्न पत्रहरु वितरण हुन नसकी फिर्ता ल्याउनुपर्ने बाध्यता रहेको छ,’ हुलाकको पत्रमा उल्लेख छ, ‘यसले हुलाक सेवाको प्रभावकारिता समेत घटाएको छ ।’

नेपाल सरकारले गुगल प्लस कोड प्रयोगका लागि हालै मात्र कार्यसञ्चालन प्रक्रिया जारी गरेको छ । त्यसैअनुरुप सबै वित्तीय संस्थाहरुलाई आफ्नो व्यवस्थापन सूचना प्रणाली तथा सेवाग्राहीको ठेगानामा गुगल प्लस कोड समेत राखेर अपडेट गरिदिन भन्दै कार्यालयले राष्ट्र बैंकलाई परिपत्रका लागि आग्रह गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१