close

२४० एमबीपीएससम्म पुग्यो स्टारलिङ्कको इन्टरनेट स्पिड

टेकपाना टेकपाना

चैत २५, २०७७ १६:३५

२४० एमबीपीएससम्म पुग्यो स्टारलिङ्कको इन्टरनेट स्पिड

काठमाडौं । एलन मस्कको स्टारलिङ्क इन्टरनेटको स्पिड नयाँ परीक्षणमा २०० एमबीपीएसभन्दा धेरै देखिएको छ  । डब्लुसीसीएफ टेकको प्रतिवेदनअनुसार स्टारलिङ्कका प्रयोगकर्ताहरुलाई आफूले पाइरहेको पछिल्लो स्पिड पठाउन आग्रह गरिएकाे थियाे ।

यसअन्तर्गत अमेरिकाका दुई सहर र एक ग्रामीण क्षेत्रमा स्टारलिङ्कको इन्टरनेटले औषत दुई सय एमबीपीएस स्पिड पुरा गरेको हो । 

ती तीन स्थानमध्ये मोन्टाना जस्तो ग्रामीण भेगमा १९० एमबीपीएस स्पिड पाइएको थियो भने सीअट्टल र न्यूयोर्क शहरमा क्रमश: २३० र २४० एमबीपीएसको स्पिड पाइएको थियो । ग्रामीण र सहरी दुबै क्षेत्रमा औसत दुई सय एमबीपीएस भनेको अत्यन्तै प्रतिस्पर्धी स्पिड हो । 

हाल एलन मस्कको स्याटेलाइट इन्टरनेट बेटा चरणमा छ । ब्रोडब्याण्ड नाउका अनुसार सोनोमा क्षेत्र अर्थात् उत्तरी क्यालिफोर्नियामा इन्टरनेटको औषत गति भनेको १२० एमबीपीएससम्म हो ।

यस क्षेत्रमा गिगाबाइट इन्टरनेट पनि उपलब्ध छ, जुन अधिकतम हजार एमबीपीएससम्म छ । तर स्टारलिङ्क अत्याधिक आईएसपी प्रतिस्पर्धा भएको अत्याधिक जनघनत्व भएको क्षेत्रका लागि उपयुक्त नहुने बताइन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१