close

लाइसेन्स नलिएरै अनलाइन भुक्तानी सेवा दिनेमाथि कारबाही गरिने

टेकपाना टेकपाना

चैत २५, २०७७ २१:१६

लाइसेन्स नलिएरै अनलाइन भुक्तानी सेवा दिनेमाथि कारबाही गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुमतिपत्र प्राप्त संस्थाले मात्र भुक्तानी सम्बन्धी कार्य गर्न सक्ने भन्दै सूचना जारी गरेको छ । बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले अनुमतिपत्र नलिई भुक्तानी सम्बन्धी कार्य गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको हो ।

राष्ट्र बैंकका अनुसार आवश्यक अनुमति नै नलिई अनलाइन भुक्तानी प्लेटफर्म सञ्चालन गर्ने तथा टपअप सर्भिस, युटिलिटी अनलाइन पेमेन्ट, प्रोटेक्ट पर्जेज लगायतका भुक्तानी सम्बन्धी कार्य गरिरहेको पाइएको छ ।

‘यस बैंकबाट अनुमतिपत्र नलिई भुक्तानी सम्बन्धी कार्य गर्नु गराउनु गैरकानूनी र दण्डनीय हुने भएकाले अनुमतिपत्र प्राप्त संस्थाहरुमार्फत मात्र विद्युतीय भुक्तानी सम्बन्धी गर्नु गराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

यस्ता छन् राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी सेवाप्रदायक कम्पनी

श्रोतः नेपाल राष्ट्र बैंक

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१