close

वर्ल्डलिंकको वार्षिक इन्टरनेट र टिभी प्याकेजमा ६२ प्रतिशत छुट

टेकपाना टेकपाना

चैत २६, २०७७ ९:५

वर्ल्डलिंकको वार्षिक इन्टरनेट र टिभी प्याकेजमा ६२ प्रतिशत छुट

काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकलाई भारी छुट दिने भएको छ । कम्पनीले वार्षिक इन्टरनेट र टिभी प्याकेजमा ६२ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ ।

यसअन्तर्गत कम्पनीले १४ हजार ४ सय रुपैयाँमा वर्षभरी ४० एमबीपीएसको इन्टरनेट र नेटटिभी दिनेछ । यसअघि यो प्याकेज ३७ हजार ५ सय रुपैयाँमा उपलब्ध थियो ।

यो अफर नयाँ तथा हालका ग्राहक दुवैका लागि ल्याइएको हो । कम्पनीले यो प्याकेजमा डुअल ब्याण्ड राउटर, नेटटिभी प्राइम, सेटटप बक्स, इन्स्टलेसन र वायरिङ चार्ज लगायत निःशुल्क उपलब्ध गराउने जनाएकाे छ ।

WorldLink new year offer.jpg

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१