close

डेबिट र क्रेडिट कार्डबाट अनलाइन शपिङ गर्दा क्यासब्याक पाइने

टेकपाना टेकपाना

चैत २६, २०७७ १४:२४

डेबिट र क्रेडिट कार्डबाट अनलाइन शपिङ गर्दा क्यासब्याक पाइने

काठमाडौं । नविल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकका लागि क्यासब्याक अफर ल्याएको छ ।

दराजसँगको साझेदारीमा चैत २९ गते देखि वैशाख ७ गतेसम्म नविल बैंकका ग्राहकहरुले डेबिट कार्डमार्फत शपिङ्ग गरी १५ प्रतिशत छुट वा अधिकतम एक हजार रूपैयाँ क्यासब्याक र क्रेडिट कार्डमार्फत शपिङ्ग गरी २० प्रतिशत छुट वा अधिकतम रु १५ सय क्यासब्याक प्राप्त गर्नेछन् ।

याे अफर सुरू हुन मात्र २ दिन रहेकोले नविल बैंकको नजिकको शाखामा गई खाता खोली ग्राहकले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याक अफरको लाभ लिई ढुक्क हुन सक्ने बैंकले जनाएकाे छ ।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१