close

जेडटीई एक्सन ३० सिरिज वैशाख २ मा आउँदै, एउटै फोनमा तीन वटा ६४ मेगापिक्सेल क्यामेरा

टेकपाना टेकपाना

चैत २७, २०७७ ८:४३

जेडटीई एक्सन ३० सिरिज वैशाख २ मा आउँदै, एउटै फोनमा तीन वटा ६४ मेगापिक्सेल क्यामेरा

काठमाडौं । चिनियाँ कम्पनी जेडटीईले आउँदो अप्रिल १५ (वैशाख २) मा एक्सन ३० सिरिज सार्वजनिक गर्ने भएको छ । यो सिरिजअन्तर्गत एक्सन ३० प्रो र एक्सन ३० अल्ट्रा मोडल समावेश हुने जनाइएको छ ।

यी दुवै फोनमा तीनवटा ६४ मेगापिक्सेलका क्यामेरा (प्राइमेरी, अल्ट्रावाइड र पोट्रेट) क्यामेरा रहेकाे छ । त्यस्तै पेरिस्कोप लेन्सअन्तर्गत ८ मेगापिक्सेलको सेन्सर प्रयोग गरिएको छ ।

त्यस्तै फाेनमा ५५ वाटको चार्जर पनि हुने खुलासा भएको छ । एक्सन ३० अघि जेडटीई कम्पनीले पूर्ववर्ति फोन एक्सन २० फाइभजी सार्वजनिक गरेको थियो ।

एक्जन ३० सिरिजबारे विस्तृत विवरण कम्पनीले दिएकाे छैन । तर एक्सनको फ्ल्यागशिपमा स्नापड्रागन ८८८ चिपसेट हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१