close

१ लाखले खोले ‘नविल जेन-एन अकाउन्ट’, हरेक ग्राहकका लागि ३ लाख ७५ हजारको बीमा

टेकपाना टेकपाना

चैत २७, २०७७ १६:३५

काठमाडौं । नविल बैंकले गत वर्षदेखि नविल जेन-एन अकाउन्ट सञ्चालन गरिरहेको छ । नयाँ पुस्तालाई लक्षित गर्दै ल्याइएको याे योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गरेकाे बैंकले जनाएकाे छ ।

अनलाइनबाटै खाेल्न सकिने याे बचत खातामा विशेष सुविधाका साथै थुप्रै प्रविधिमैत्री सेवाहरु जस्तै; मोबाइल बैंकिङ, निःशुल्क डेबिट कार्ड र क्रेडिट कार्ड जारी गरिएको छ ।

बैंकले यस बचत खाताको लोकप्रियताका कारण बजारमा यसै प्रकारका खाताहरु सञ्चालनमा आएको हुनाले मिल्दोजुल्दो नाममा नझुक्की “नविल जेन-एन अकाउन्ट” खोलि यस खाताको लाभ लिई ढुक्क हुन अनुराेधसमेत गरेकाे छ ।

कोरोनाको असहज परिस्थितिका बावजुद यस बचत खाता सञ्चालनमा आएको एक वर्ष नपुग्दै १ लाखभन्दा बढी ग्राहकले जेन-एन अकाउन्ट खाेलेकाे बैंकले जनाएकाे छ ।

शुन्य माैज्दातमा खाता खाेल्न सकिने यसमा ४ वर्षका लागि डेबिट र क्रेडिट कार्ड निःशुल्क दिइन्छ छ । साथै बैंकले याे खाता खाेल्ने ग्राहकका लागि कूल ३ लाख ७५ हजारकाे बीमा सुविधा पनि दिएकाे छ ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८१ २०:२३