close

५० करोड लिंकडिन प्रयोगकर्ताको डेटा बिक्रीका लागि अनलाइनमा

टेकपाना टेकपाना

चैत २७, २०७७ १७:४४

५० करोड लिंकडिन प्रयोगकर्ताको डेटा बिक्रीका लागि अनलाइनमा

काठमाडौं । सायद तपाईंमध्ये धेरैजना अझै पनि ५३ करोड ३० लाख फेसबुक प्रयोगकर्ताहरुको डेटा ब्रिच भएको समाचारहरु पढ्दै हुनुहुन्छ होला । तर भर्खरै अर्को पनि ठूलो डेटा ब्रिचको घटना हामीसामु आएको छ । जसमा आफ्नो सोसल नेटवर्क लिङ्कडइनसहितको धेरै डेटा वेबमा सार्वजनिक भएको माइक्रोसफ्टले पुष्टि गरेको छ ।

ह्याकर फोरममा डेटा ब्रिकी गर्ने एकजना व्यक्तिले ५० करोड लिङ्कडइन प्रोफाइलहरु सार्वजनिक भएको फेला पारेको साइबर न्युजमा उल्लेख छ ।

ब्रिकीका लागि राखिएको २० लाख प्रोफाइल स्याम्पलमा लिङ्कडइन मेम्बरहरुको पुरा नाम, ईमेल एड्रेस, फोन नम्बर, लिङ्ग र अन्य धेरै विवरणहरु स्पष्ट देखिएका थिए । तर लिङ्कडइनले ती डेटा व्यवसायिक सोसल नेटवर्कबाट नभएर विभिन्न ठाउँबाट लिइएको बताएको छ ।

‘हामीले बिक्रीका लागि पोस्ट भएको सन्दिग्ध लिङ्कडइनको डेटा सेटमाथि अनुसन्धान गरेका थियौं । र यो विभिन्न वेबसाइट र कम्पनीबाट प्राप्त विवरणको संकलित डेटा रहेको थाहा पायौं,’ लिङ्कडइनले आफ्नो विज्ञप्तिमा लेखेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१