close

डिशहोमका भाग्यशाली ग्राहकले पाए बैंकक घुम्न जाने मौका

टेकपाना टेकपाना

चैत २७, २०७७ १९:२२

डिशहोमका भाग्यशाली ग्राहकले पाए बैंकक घुम्न जाने मौका

काठमाडौं । डिशहोमले हालसालै नेपालीहरुको विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै “खुशीको उडान” योजना सुरु गरेको छ । यस योजनाको लक्ष्य हरेक सक्रिय ग्राहकहरुलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्नु हो ।

यस योजनाअन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्रबाट दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्नेछन् । लक्की ड्रमा सहभागी हुने ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अप गरेका हुन्छन् ।

साथै ई–वालेट एप्स र रिचार्ज कार्डहरुबाट रिचार्ज गरेर पनि ग्राहकहरु यस योजनामा सहभागी हुन्छन् । ग्राहकहरुले वार्षिक रिचार्जमा विशेष छुट पनि प्राप्त गर्न सक्छन् ।

डिशहोम लक्की ड्रको पहिलो प्रत्यक्ष प्रसारण चैत २६, २०७७ मा ५ बजे डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम शाेकेस च्यानलहरुमा भयो । पहिलो प्रत्यक्ष लक्की ड्रको विजेता ग्राहकहरु निम्न रहेका छन् ।
१. क्यास आईडी नम्बर : ०२५५८१३३९६०
२. क्यास आईडी नम्बर : ०२५१९२५०८८५

डिशहोममा अब अर्को प्रत्यक्ष प्रसारण बैशाख ०२, २०७८ बिहीबार, माथि उल्लेखित च्यानलहरुमा नै हुनेछ । सबै सक्रिय ग्राहकहरु यस लाइभ लक्की ड्रमा सहभागी हुन सक्नेछन् ।

ग्राहकहरुले आफ्नो नजिकैको डिशहोम डिलर वा डिशहोम ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी योजनाका बारेमा थप आधिकारिक जानकारी प्राप्त गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१