close

न्युरोलिङ्कको ब्रेन चिप प्रत्यारोपण गरिएको बाँदरले गेम खेल्दै गरेको भिडिओ सार्वजनिक

टेकपाना टेकपाना

चैत २७, २०७७ २१:३१

न्युरोलिङ्कको ब्रेन चिप प्रत्यारोपण गरिएको बाँदरले गेम खेल्दै गरेको भिडिओ सार्वजनिक

काठमाडौं । मस्तिष्क इम्प्लान्ट गर्ने स्पेसएक्सको अर्को स्टार्टप न्युरोलिङ्कको नयाँ भिडिओ सार्वजनिक भएको छ । उक्त भिडिओ ‘पेजर’ नामको ९ वर्षको बाँदर आफ्नो मस्तिष्कले पोङ गेम खेलिरहेको देखिएको छ ।

तीन मिनेटको सो भिडिओमा पेजर आफ्नो मस्तिष्कको सहयोगमा कम्प्युटरलाई कन्ट्रोल गर्न सिकिरहेको देख्न सकिन्छ ।

सुरुमा बाँदर कम्प्युटरसँग अन्तर्क्रिया गर्न जोयस्टिकको प्रयोग गर्छ । भिडिओका अनुसार पेजको मस्तिष्कमा दुईवटा न्युरोलिङ्क डिभाइस राखिएको छ । जसमा ‘फिटबिट फर योर स्कल’  नामको डिभाइस २०२० अगस्टको एउटा पत्रकार सम्मेलनमा मस्कले सार्वजनिक गरेका थिए ।

जब पेजर गेम खेलिरहेको हुन्छ, तब भिडियोमा एक सुत्रधारले बाँदरको क्रियाकलाप र मसिनको कामलाई व्याख्या गरिरहेको भिडिओमा देख्न सकिन्छ । पेजको मस्तिष्कको गतिविधिलाई न्युरोलिङ्कको डिभाइसले पढेर ती क्रियाकलापलाई कम्प्युटरले डिकोड गर्दछ ।

जब टिमले जोयस्टिकलाई डिस्कनेक्ट गर्छ, तब पनि पेजर गेम खेलिरहेको हुन्छ । न्युरोलिङ्क डिभाइसकै सहयोगमा पेजरले ‘माइण्डपोङ गेम खेल्छ ।

मस्कले बिहीबार ट्वीटमा न्युरोलिङ्क स्टार्टअपको पहिलो प्रडक्टले प्यारालाइज भएका जोकोही व्यक्तिलाई औंलाभन्दा मस्तिष्क तीव्र बनाएर स्मार्टफोन चलाउन सहयोग गर्ने लेखेका छन् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१