close

फेसबुक, इन्स्टा र ह्वाट्सएपकाे सेवामा बारम्बार किन समस्या ?

टेकपाना टेकपाना

चैत २८, २०७७ ८:४२

फेसबुक, इन्स्टा र ह्वाट्सएपकाे सेवामा बारम्बार किन समस्या ?

काठमाडौं । बिहीबार राति फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपका सेवा एकैपटक डाउन भए । विश्वभरका हजारौं  प्रयोगकर्ताहरुले यो समस्याको सामना गर्नुपरेको थियो । यससँगै एक महिनाभन्दा कम समयमा फेसबुकको सम्पूर्ण सेवा दुईपटक बन्द भएको छ ।

यी तीनैवटा सेवा अहिले पुनः सुचारु भइसकेका छन् । सेवा धेरै हदसम्म डाउन भएको थियो, जसका कारण फेसबुकको आफ्नो सर्भर स्टाटस पेजले समेत कुनै कारण लोड गर्न सकिरहेको थिएन । त्यहाँबाट मात्र क्यास डेटा लोड भइरहेका थिए ।

नयाँ पेज रिफ्रेस गर्न खोज्दा राम्रोसँग लोड भइरहेको थिएन । जब वेबमा फेसबुक लोड भएको थियो, तब यसले इरर म्यासेज देखाइरहेको थियो ।

फेसबुकको वेबसाइटमा एक लाख १२ हजारभन्दा धेरै, इन्स्टामा एक लाख एक हजार र ह्वाट्सएपमा ५१६ जना प्रयोकगर्ताहरुले समस्या रिपोर्ट गरेका थिए । पछि फेसबुकले उक्त समस्यालाई पहिचान गरी सेवा सुचारु गरेको थियो ।

फेसबुकले माइक्रोब्लगिङ साइट ट्वीटरमा ‘कन्फिग्रेसन परिवर्तनका कारण फेसबुकको सेवा केही प्रयोगकर्ताहरुका लागि उपलब्ध हुन नसकेको’ स्पष्टिकरण लेखेको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१