close

अब फोन पे र कनेक्ट आईपीएसबाटै ट्राफिक जरिवाना तिर्न सकिने

टेकपाना टेकपाना

चैत २८, २०७७ १२:२७

अब फोन पे र कनेक्ट आईपीएसबाटै ट्राफिक जरिवाना तिर्न सकिने

काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना सहज तरिकाले अनलाइनमार्फत भुक्तानी गर्न सक्ने प्रणालीको विस्तार गरेको छ ।

महाशाखाले शुक्रबार फोन पे प्रालि र नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरी सेवाग्राहीले आफ्नो बैंक खातामार्फत सिधै जरिवाना तिर्न सक्ने प्रणालीको विस्तार गरेको हो ।

यसअघि नै सुरुवात भएको अनलाइन भुक्तानीको सेवालाई सबै सेवाग्राहीको पहुँचमा पुर्‍याउने उद्देश्यले महाशाखाले विभिन्न भुक्तानी प्रदायक कम्पनीसँग सम्झौता गर्दै आएको छ ।

सम्झौतापत्रमा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, फोन पेका तर्फबाट दिवसकुमार सापकोटा र नेपाल क्लियरिङ हाउस (कनेक्ट आईपीएस)का तर्फबाट मुन्नी राजभण्डारीले हस्ताक्षर गरे ।

यससँगै सेवाग्राहीले ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाइन भुक्तानी सेवा प्रदायक संस्थाबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने वरिष्ठ प्रहरी उपरीक्षक भट्टराईले बताए ।

ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (आरआईएमएस) र सेवाप्रदायक संस्थाहरूबीचमा आवद्ध भई रियल टाइममा सम्बन्धित बैंकको खातामार्फत भुक्तान हुने गरी प्रणाली विकास गरेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१