close

स्पाइडर-म्यान लगायतका सोनी फिल्मको प्रसारण गर्ने अधिकार नेटफ्लिक्सलाई

टेकपाना टेकपाना

चैत २८, २०७७ १३:१४

स्पाइडर-म्यान लगायतका सोनी फिल्मको प्रसारण गर्ने अधिकार नेटफ्लिक्सलाई

काठमाडौं । अब स्पाइडर-म्यान मुभीलगायत सोनी पिक्चर्सले निर्माण गरेका सम्पूर्ण चर्चित शाेहरु नेटफ्लिक्समा प्रसारण हुने भएकाे छ । फिल्म हलमा रिलिज भइसकेपछि ती सम्पूर्ण फिल्महरु नेटफ्लिक्समा पनि प्रसारण गर्ने सहमति दुई कम्पनीबीच भएको छ ।

दुई कम्पनीबीचको यो बहुवर्षीय सम्झौता सोनीको २०२२ फिल्म स्लेटदेखि सुरु हुनेछ । सोनीले निर्माण र लाइसेन्सिङ गरेका फिल्महरुलाई स्ट्रिमिङ गर्न नेटफ्लिक्ससँग पहिलो अधिकार हुनेछ ।

तर सोनीका कतिवटा फिल्महरुलाई नेटफ्लिक्सले प्रसारण गर्ने भन्ने कुनै सम्झौता भएको छैन। नेटफ्लिक्ससँगको उक्त सम्झौताको बावजुद सोनीले आफ्ना फिल्महरु अन्य स्ट्रिमिङ प्लेटफर्मसलाई समेत बिक्री गर्ने छुट पाउनेछ ।

न्यूयोर्क टायम्सका अनुसार पाँच वर्षका लागि भएको यस सम्झौतामा चार वर्षका लागि नेटफ्लिक्सले सोनीलाई एक अर्ब डलर भुक्तानी गर्नेछ । सोनीसँग डिज्नी प्लस र एचबीओ म्याक्स च्यानलहरु जस्तो आफ्नै स्ट्रिमिङ प्लेटफर्म नभएका कारण सोनीले पे वान विण्डो एग्रिमेन्ट गर्न सक्नेछ । 

यसबाहेक सोनीका केही पुराना फिल्महरुको लाइसेन्ससमेत नेटफ्लिक्सले पाउने छ । तर टोम होल्याण्ड्सको स्पाइडर म्यान: नो वे होम भनेे यस सम्झौताअन्तर्गत नेटफ्लिक्समा प्रसारण हुन पाउने वा नपाउने भन्ने स्पष्ट छैन ।

यसमा सोनीको छाता अन्तर्गत रहका स्टडियोहरु जस्तै कोल्मबिया पिक्सर्च, सोनी पिक्चर्स क्लासिक, स्क्रिन जेम्स र ट्रिस्टार पिक्चर्स पनि पर्ने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१