close

सफ्टवेरिका कलेजका ४ सय विद्यार्थी दिक्षित

टेकपाना टेकपाना

चैत २८, २०७७ १५:३६

सफ्टवेरिका कलेजका ४ सय विद्यार्थी दिक्षित

काठमाडौ । नेपालमा १० वर्षदेखि उच्च शिक्षामा आईटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज आफ आईटी एण्ड ई–कमर्सको २०१९/२० को दिक्षान्त समारोह सम्पन्न भएको छ ।

बेलयातको कोभेन्ट्री विश्वविद्यायलको आईटी पाठ्यक्रम अध्यापन गराइरहेको सफ्टवेरिका कलेजका कम्प्युटिङ विषयमा स्नातक गर्ने ४ सय विद्यार्थी दिक्षित भएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।

कार्यक्रममा बोल्दै ब्रिटिश राजदुतावासको इन्टरनेसनल ट्रेड विभागका प्रमुख सुवास थापाले सफ्ट्वेरिका कलेजले नेपालमै अन्तर्राष्ट्रिय डिग्री प्रदान गरेर नेपालको शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिएको बताए ।

कलेजले औपचारिक अध्यापनबाहेक सिस्को सर्टिफाईड कोर्स, सर्टिफाइड एथिकल ह्याकिंग कोर्स, आईबीएम कोर्स, फोर्टेनाइट एकेडेमी र अन्य आईटी सम्बन्धित पाठ्यक्रमका कक्षा समेत सञ्चालन गरिएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१