close

वृद्धाश्रमलाई टेलिकमका कर्मचारीको खाद्यान्न र स्वास्थ्य सुरक्षा सामग्री

टेकपाना टेकपाना

चैत २८, २०७७ १७:४६

वृद्धाश्रमलाई टेलिकमका कर्मचारीको खाद्यान्न र स्वास्थ्य सुरक्षा सामग्री

काठमाडाैं । नेपाल टेलिकमको क्रियाशिल ट्रेड युनियन, नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन बागमती प्रादेशिक समितिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संगठनको दोस्रो वाषिकाेत्सवका अवसरमा वृद्धाश्रमलाई राहतस्वरुप खाद्यान्न तथा स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको छ ।

शनिबार टोखा नगरपालिका ९ गोङ्गबु, काठमाडौंमा अवस्थित हिमालय वृद्धा आश्रम केन्द्रलाई राहत सामग्री वितरण गरिएकाे हाे । संगठनका केन्द्रीय अध्यक्ष यादवप्रसाद पनेरु तथा प्रादेशिक समितिका अध्यक्ष दिपक चौलागाईंले संयुक्तरूपमा आश्रमका अध्यक्ष सरला पन्थलाई सामग्री हस्तान्तरण गरे ।

सो अवसरमा संगठनका अध्यक्ष पनेरुले संगठनको सामाजिक उत्तरदायित्व अन्तर्गत राहत सामग्री हस्तान्तरण गरिएको जानकारी गराउँदै मानवीय सेवामा संगठनको सहयोगको निरन्तरता रहने बताए ।

सो राहत सामग्री ग्रहण गर्दै आश्रमका अध्यक्ष पन्तले कृतज्ञता साथै आभार प्रकट गर्दै संगठनको सहयोगप्रति खुशी व्यक्त गरे ।

राहत सामग्रीमा खाना पकाउने ग्यास सिलिन्डर ३ थान, सनफलावर तेल २ कार्टुन, सर्फ ५ केजी, चिनी ५ केजी, रातो दाल ५ केजी, मुङ दाल ५ केजी तथा बिस्कुट एक कार्टुन, भुजा १० प्याकेट लगायत रहेका छन् ।

साथै स्वास्थ्य सुरक्षाका सामाग्रीमा फिनेल, मास्कलगायतका रहेका छन् । उक्त आश्रममा ४० जना वृद्ध-वृद्धा आश्रित रहेका छन् ।

सो कार्यक्रममा संगठनका बागमती प्रादेशिक समितिका अध्यक्ष दिपक चौलागाईं, उपाध्यक्ष अमृता अधिकारी, सचिव पुरुषोत्तम शर्मा, कोषाध्यक्ष मुरारी ढुङ्गाना, सहसचिव मेघनाथ ढकाल र सदस्य सुवास सिंहको समेत उपस्थित रहेको थियो।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१