close

धेरैले थाहा नपाएका एन्ड्रोइडका २५ सेक्रेट कोड

टेकपाना टेकपाना

चैत २९, २०७७ ११:१९

धेरैले थाहा नपाएका एन्ड्रोइडका २५ सेक्रेट कोड

काठमाडौं । तपाईंले प्रयोग गर्ने एन्ड्रोइड स्मार्टफोनमा लुकेर बसेका विभिन्न फिचरबारे जानकारी लिनका लागि सिक्रेट कोड महत्वपूर्ण हुन्छन् । जसमार्फत तपाईंले आफ्नो मोबाइलको अवस्थाको समेत जानकारी राख्न सक्नुहुन्छ ।

कतिपय अवस्थामा त तपाईंले मोबाइलमा भोग्ने समस्या समाधानमा समेत यस्ता कोड सहयोगी माध्यम बन्न सक्छन् । त्यसैले आज हामी तपाईंलाई आफ्नो एन्ड्रोइड मोबाइलमा लुकेर बसेका विभिन्न फिचर पत्ता लगाउन आवश्यक कोडहरुको बारेमा बताउँदै छौं ।

यहाँ उपलब्ध कोड सामसङ, मोटोरोला, एसटीसी, सोनी, एलजी, सोओमी, ओप्पो, भिभो, पानासोनिक, ह्वावे, लाभा, माइक्रोम्याक्सका साथै अन्य थुप्रै चिनियाँ स्मार्टफोन ब्राण्डमा प्रयोग गर्न सकिन्छ । तर, सबै फाेनमा सबै कोडले काम नगर्न पनि सक्छ ।

नोट : यी उल्लेखित कोड प्रयोग गर्दा आउन सक्ने समस्या प्रति भने ध्यान दिन जरुरी छ । त्यसैले यदि तपाईं नयाँ हुनुहन्छ भने कुनै जानकार व्यक्तिसँग बुझेर मात्र यी कोड प्रयोग गर्नु तपाईंका लागि उचित हुनेछ ।

यस्ता छन् एन्ड्रोइड फोनका सिक्रेट कोड

*#*#4636#*#*यो कोड फोनका महत्वपूर्ण जानकारी लिनका लागी प्रयोग गर्न सकिन्छ ।
जस्तै : फोनको जानकारी ब्याट्रीको जानकारी, ब्याट्रीको हिस्ट्री, युजेज स्टाटिसटिक्स र वाईफाईको जानकारी
*2767*3855#यदि तपाईं आफ्नो एन्ड्रोइड फोनको फ्याक्ट्री रिसेट गर्न चाहनु हुन्छ भने यो कोड प्रयोग गर्न सक्नुहुन्छ । यसो गर्दा तपाईंको मोबाइलको सेटिङ र इन्टरनल मेमोरीमा भएका सम्पूर्ण डेटा डिलिट हुनेछन् ।
*#*#34971539#*#*क्यामेराको जानकारी लिनका लागि यो कोड प्रयोग हुन्छ । जब तपाईंले यो कोड डायल गर्नुहुन्छ तब त्यहाँ निम्नअनुसारको मेनु देखा पर्नेछ ।
1.Update camera firmware in image
2.Update camera firmware in SD card
3.Get camera firmware version
4.Get firmware update count


यसमध्ये पहिलो विकल्प भने प्रयोग नगर्न सुझाव छ । किन भने उक्त अप्सनमा क्लिक गरी सेटिङ गर्दा कहिले कहीँ तपाईंको क्यामेरामै समस्या आउन सक्छ ।
*#*#7594#*#*‘कल इन्ड तथा पावर’ बटन परिवर्तन गर्नका लागि यो कोड प्रयोग गर्न सकिन्छ ।
*#*#273283*255*663282*#*#*यो कोडले फोनको कपी स्क्रिन अन गर्नेछ । जहाँबाट तपाईंले आफ्नो फोनमा भएका फाइलहरुलाई ब्याकअप गरी राख्न सक्नुहुनेछ ।
*#*#197328640#*#*यो कोड फोनको सर्भिस मोड अन गर्न प्रयोग गरिन्छ । जहाँबाट तपाईंले विभिन्न कुरा परीक्षण गर्नुका साथै विभिन्न सेटिङ परिवर्तन गर्न सक्नुहुनेछ ।
*#*#7780#*#*यदि तपाईं आफ्नो एन्ड्रोइड फोनको फ्याक्ट्री रिसेट गर्न चाहनु हुन्छ भने यो कोड प्रयोग गर्न सक्नुहुनेछ । यो कोडले गुगल अकाउण्ट सेटिङ, सिस्टम र एप्लिकेसन डेटा तथा सेटिङ र डाउनलोड गरिएका एप्लिकेसन पूर्ण रुपमा मेटाइदिनेछ ।

डब्लूल्यान, जीपीएस र ब्लुटुथका लागि सिकरेट कोड

*#*#232339#*#*
अथवा
*#*#526#*#*
अथाव
*#*#528#*#*
डब्लुल्यान परीक्षणका लागि
*#*#232338#*#*वाईफाईको म्याक एड्रेस हेर्नका लागि
*#*#1472365#*#*
अथवा
*#*#1575#*#*
जीपीएस परीक्षणका लागि
*#*#232331#*#*ब्लुटुथ परीक्षणका लागि
*#*#232337#*#ब्लुटुथ डिभाइसको एड्रेस हेर्नका लागि
*#*#8255#*#*जिटक सर्भिस मनिटर एक्टिभ गर्नका लागि

एन्ड्रोइडका अन्य विभिन्न फिचर परीक्षणका लागि

*#*#0*#*#*एलसीडी परीक्षण गर्न
*#*#0673#*#*
अथवा
*#*#0289#*#*
एमोलेड परीक्षण गर्न
*#*#0283#*#*पकेट लुप ब्याक
*#*#0842#*#*भाइब्रेसन र पछाडिको लाइट परीक्षण गर्न
*#*#2663#*#*टच स्क्रिनको भसर्नका लागि
*#*#2664#*#*टच स्क्रिन परीक्षणका लागि
*#*#0588#*#*सेन्सरको प्रोक्सिमिटी परीक्षणका लागि
*#*#3264#*#*र्‍यामको भसर्न हर्नका लागि

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१