close

विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण

टेकपाना टेकपाना

चैत २९, २०७७ १२:१३

विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण

काठमाडौं । काभ्रे जिल्लाको रोसी गाउँपालिकाले ६ विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउन गाउँपालिकाले वडा नं. १ देखि ६ सम्मका एक/एक विद्यालयलाई कम्प्युटर, प्रिन्टरलगायतका सामग्री वितरण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष डीबी लामाले गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन कम्प्युटरलगायतका सामग्री वितरण गरेको जानकारी दिए ।

गाउँपालिकाले एक वडा एक विद्यालय, एक कम्प्युटर कार्यक्रममा सूचना प्रविधिमैत्री कक्षा व्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको अध्यक्ष लामाल जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकार र संघीय सरकारको समन्वय र सहकार्यमा कार्यक्रम सञ्चालन भइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१