close

२९९ रूपैयाँमा नेपाल टेलिकमको १४ जीबी डेटा

टेकपाना टेकपाना

चैत ३१, २०७७ १३:०

२९९ रूपैयाँमा नेपाल टेलिकमको १४ जीबी डेटा

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसर पारी विभिन्न प्याकेजसहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गतका सेवाहरु आज चैत ३१ गतेदेखि ९० दिनसम्म उपयोग गर्न सकिने छ ।

यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर उपलब्ध गराइएको हो ।

नयाँ वर्षको अवसरमा कम्पनीका मोबाइल ग्राहकका लागि प्रतिदिन ५०० एमबी डेटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जीबी डेटाको अफर जम्मा रु. २९९ मा उपलब्ध गराइएको छ ।

स्प्रिङ अफर अन्तर्गत नै ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा रु. १२५ मा सबै नेटवर्कमा १ जीबी र फोरजी नेटवर्कमा थप ३ जीबी गरी जम्मा ४ जीबी डेटा अफर ल्याइएको छ । ५ दिन प्रयोग गर्न सकिने यस अफरमा १०० मिनेट कुराकानी समेत गर्न सकिन्छ । यो अफर पनि २४सैं घण्टा प्रयोग गर्न सकिन्छ ।

साथै, २ घण्टासम्म असीमित डेटा प्रयोग गर्न सकिने गरी रु. ३० को अर्को अफर पनि थप गरिएको छ । यो अफर २४सै घण्टा कुनैपनि समयमा उपयोग गर्न सकिन्छ ।

नयाँ वर्षको अवसरमा कम्पनीका जीएसएम मोबाइल ग्राहकहरुका लागि जम्मा रु. २८० मा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डेटा प्याक अफर ल्याइएको छ । यो प्याक अन्तर्गत लिइएको ३ जीबी डेटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।

यसैगरी डेटा प्याकअन्तर्गत नै जम्मा रु. ९५ मा १.५ जीबी डेटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराइएको छ । यो प्याक ७ दिनसम्म २४सै घण्टा प्रयोग गर्न सकिन्छ ।

सीडीएमए मोबाइल र वाईम्याक्स सेवाका ग्राहकहरु कम्पनीकै अन्य सेवामा रुपान्तरण हुने क्रम जारी रहेकाले ती सेवाका ग्राहकहरुका लागि विन्टर अफरका रुपमा उपलब्ध विभिन्न अफर र सुविधाहरुमध्ये सीमित अफरहरुलाई मात्र निरन्तरता दिइएको छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१