close

ग्यापुमा अनलाइन शपिङ गर्दा ८० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

चैत ३१, २०७७ १६:३६

ग्यापुमा अनलाइन शपिङ गर्दा ८० प्रतिशतसम्म छुट

काठमाण्डौं । अनलाइन शपिङ बजार ग्यापुले आफ्नो वार्षिकोत्सवको अवसरमा सामान खरिद गरेबापत आर्कषक उपहार तथा भारी छुटको व्यवस्था गरेको छ ।

यही वैशाख १ देखि ३ गतेसम्म उक्त शपिङ बजारबाट सामग्री खरिद गरे ८० प्रतिशत छुटदेखि आर्कषक उपहार पनि पाइने कम्पनीले जनाएकाे छ ।

यसै अवसरमा ग्यापुले अनलाइन मेला पनि सञ्चालन गरेको छ, जहाँ ग्राहकहरुले दैनिक उपहार तथा कम मूल्यमा सामान खरिद गर्न सक्नेछन् ।

योसँगै स्मार्टफोन, स्मार्ट घडी, स्मार्ट टिभी, ट्राभल भौचर, शपिङ भौचर, टुर प्याकेज तथा अन्य उपहार जित्ने मौका पाइन्छ । त्यस्तै खरिद गर्दा ३० प्रतिशत पैसा फिर्ता (क्यासब्याक) पनि पाइन्छ ।

यो अवसरमा ग्यापुबाट ग्राहकहरुले इलेक्ट्रोनिक सामानहरु, घर तथा किचेनका सामान, मेकअप तथा सौन्दर्यका सामग्री, किताब तथा बालबालिकाहरुलाई खेलौना पनि किन्न सन्छन् ।

इलेक्ट्रोनिक सामान
ग्यापुले इलेक्ट्रोनिक सामानमा विभिन्न अफर तथा छुटको व्यवस्था गरेको छ। यहाँबाट गर्मीका लागि फ्यान, रेफ्रिजिरेटर, गीत सुन्न र फिल्म हेर्नका लागि स्टेरियो, क्यामेरा, भिडियो गेम, ल्यापटपलगायत पाउन सकिन्छ।

घरका सामानहरु
घरका लागि चाहिने सबै किसिमका सामानहरु ग्यापुमा उपलब्ध छन्। खाना पकाउन आधुनिक माइक्रोवेभ देखि सफा गर्न भ्याकुम क्लिनर, क्यासट, वासिङ मेसिन, ग्राइन्डर पाइन्छ ।

सौन्दर्यका सामान
सुन्दर बन्नका लागि चाहिने सबै किसिमका सामानहरु पनि यस अनलाइन शपिङ बजारमा उपलब्ध छ । छालालाई स्याहार्ने दैनिक क्रिमदेखि चाउरी पर्न नदिने क्रिम र ब्राण्डअनुसारका मेकअप सामानहरु उपलब्ध छन् । यसमा ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

फेसन

आर्कषक देखिन आर्कषक पहिरनको जरुरी हुन्छ । आफ्नो स्टाइलको हिसाबमा लुगा, गहना, जुत्ता र अन्य सामग्रीहरु खरिद गरी भारी छुट पाउन सकिन्छ।

किताब

किताब किनेर पढ्ने बानी धेरै नै राम्रो हो । यदि किताब किनेर पढ्ने बानी भए विभिन्न किसिमका किताबहरु कम्पनीकाे अनलाइन स्टाेरमा उपलब्ध छ । फिक्सन, ननफिक्सन , फेरीटेल, सेल्फ हेल्प, जियोग्राफी, साइन्स जस्ता विभिन्न विधाका किताबहरु लिन सकिन्छ।

खेलौना

बालबालिकाहरुलाई उनीहरुको उमेर अनुसारको खेलौना ग्यापुले उपलब्ध गराएको छ । महँगो खेलौनाहरु देखेर हैरान हुनुहुन्छ भने आत्तिनुनपर्ने उल्लेख गर्दै कम्पनीले ग्यापुमा सुपथ मूल्यमा खोलौना खरिद गरी उनीहरुको बाल्यकाललाई यादगार बनाउन सकिन्छ ।

ग्यापुको वार्षिकोत्सवको अवसरमा खरिद गरी धेरै उपहारका साथै भिडभाडमा गएर शपिङ गर्नुपर्ने झन्झटबाट मुक्त हुन सकिने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१